व्यापार, सुरक्षा, क्षेत्रीय सहयोगमा केन्द्रित हुँदै छैटौँ बिम्सटेक शिखर सम्मेलन | Khabarhub Khabarhub

व्यापार, सुरक्षा, क्षेत्रीय सहयोगमा केन्द्रित हुँदै छैटौँ बिम्सटेक शिखर सम्मेलन


१८ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बङ्गालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल बिम्सटेकको छैटौँ शिखर सम्मेलन अप्रिल ४ मा थाइल्यान्डको बैंककमा ‘समृद्ध, लचिलो र खुला बिम्स्टेक विषयवस्तुमा आयोजना हुने भएको छ ।

सन् २०२२ मा कोलम्बोमा भर्चुअल रूपमा आयोजित पाँचौँ शिखर सम्मेलन भएको तीन वर्षपछि आयोजित यो शिखर सम्मेलनअघि अप्रिल २ मा बिम्सटेक वरिष्ठ अधिकारीहरूको बैठक र अप्रिल ३ मा बिम्सटेक विदेश वा बाह्य मामिला मन्त्रीहरूको बैठक हुनेछ ।

विज्ञप्ति अनुसार शिखर सम्मेलनको उद्देश्य साझा सुरक्षा र विकासका चुनौतीहरू सामना गर्न सात सदस्य राष्ट्रहरू–बङ्गलादेश, भुटान, भारत, म्यान्मा, नेपाल, श्रीलङ्का र थाइल्यान्ड–बीच सहकार्यलाई सुदृढ बनाउनु हो । यसमा नेताहरूको दृष्टिकोण र निर्देशनहरू प्रतिबिम्बित गर्ने छैटौँ बिम्सटेक शिखर सम्मेलन घोषणापत्र र सदस्य राष्ट्रहरूबीच भविष्यको सहयोगका लागि अग्रणी मार्गचित्र बैंकक दृष्टिकोण–२०३० सहितको बलियो एजेन्डा समावेश हुनेछ ।

हस्ताक्षरका लागि तय गरिएका प्रमुख सम्झौताहरूमा व्यापार र यात्रा बढाउन बङ्गालको खाडीमा कार्गो र यात्रु यातायात बढाउने उद्देश्यले समुद्री यातायात सहयोग सम्झौता समावेश छ । यसबाहेक बिमस्टेक र इन्डियन ओसन रिम एसोसिएसन आइओआरएका साथै संयुक्त राष्ट्रसङ्घीय लागुऔषध तथा अपराध कार्यालय ९युएनओडिसी० बीच नयाँ विकास साझेदारीको सुरुआतका लागि सहमति पत्र एमओयू मा पनि हस्ताक्षर गरिने छ ।

शिखर सम्मेलनमा क्षेत्रीय सहयोगका लागि संस्थागत ढाँचालाई बलियो बनाउन बिमस्टेक बडापत्रको पूरकका रूपमा बिमस्टेक संयन्त्रका लागि प्रक्रियाका नियमहरू अपनाउने र बिमस्टेकको भविष्यको दिशासम्बन्धी विशिष्ट व्यक्तिहरूको समूहको प्रतिवेदन पनि हुनेछ । सन् २०२४ मा छ वटा बैठक र सरोकारवालाहरूसँग परामर्श गरेपछि समूहले सन् २०२४ सेप्टेम्बरमा आफ्ना सिफारिसहरूलाई अन्तिम रूप दिएको छ र सदस्य राष्ट्रहरूले पहिले नै कार्यान्वयन कदमहरू सुरु गरिसकेका छन् ।

द्रुत रूपमा परिवर्तन भइरहेको विश्वव्यापी राजनीतिक र आर्थिक परिदृश्यको सन्दर्भमा छैटौँ बिम्सटेक शिखर सम्मेलनले सुरक्षा र दिगो विकासका चुनौतीहरूलाई सम्बोधन गर्न सहयोगलाई बढावा दिँदै बङ्गालको खाडीमा एकमात्र क्षेत्रीय निकायका रूपमा सङ्गठनको भूमिकालाई सुदृढ पार्ने अपेक्षा गरिएको छ । पाँच दक्षिण एसियाली र दुई दक्षिण–पूर्वी एसियाली राष्ट्रलाई एकसाथ ल्याउँदै बिम्सटेक एक गतिशील क्षेत्रीय संस्थाको रूपमा उदय हुने सम्भावना रहेको छ ।

सन् १९९७ जुनमा स्थापना भएदेखि बिम्सटेकले पाँचवटा शिखर सम्मेलन–बैंकक (२००४), नयाँ दिल्ली (२००८), ने पी ताव (२०१४), काठमाडौँ (२०१८) र कोलम्बो (२०२२)– आयोजना गरिसकेको छ । आगामी शिखर सम्मेलनले कृषि र खाद्य सुरक्षा, कनेक्टिभिटी, वातावरण र जलवायु परिवर्तन, जनता–जनता सम्पर्क, विज्ञान, प्रविधि र नवप्रवर्तन, सुरक्षा र व्यापार, लगानी र विकास, नीलो अर्थतन्त्र र विपद् व्यवस्थापन लगायत आठ उप–क्षेत्रसहित सात प्रमुख क्षेत्रमा यसको भविष्यको एजेन्डालाई आकार दिन महत्त्वपूर्ण क्षणलाई चिह्नित गर्दछ ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  ६ : २१ बजे

मेक्सिकोमा सेना पठाउने ट्रम्पको प्रस्ताव अस्वीकार गरेको खुलासा

मेक्सिको – मेक्सिकोकी राष्ट्रपति क्लाउडियो सियनबमले आफ्नो देशमा सेना पठाउने

वर्षाले सूर्यविनायक–साँगा सडकमा एकतर्फी सवारी सञ्चालन

भक्तपुर– गएरातिदेखिको वर्षाले अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायक–जगाति सडकमा आवत जावत

मेलम्ची खानेपानी वितरण बन्द

काठमाडौं– उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी

स्पेनिस ला लिगा : उपाधि नजिक बार्सिलोना

काठमाडौं – एक गोलले पछि परेको बार्सिलोनाले रियल भालाडोलिडमाथि २-१

बाढीपहिरो पीडितलाई अस्थायी आवास अनुदान वितरण सुरु

काभ्रे– २०८१ साल असोज दोस्रो साताको अविरल वर्षापछिको बाढीपहिरोपीडितलाई अस्थायी