बन्द रहेको सूचना टाँस गरी भित्रभित्रै उपचार गर्ने अवैध अस्पतालका दुई जना व्यवस्थापक पक्राउ « Khabarhub

बन्द रहेको सूचना टाँस गरी भित्रभित्रै उपचार गर्ने अवैध अस्पतालका दुई जना व्यवस्थापक पक्राउ


१८ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बन्द गर्ने निर्देशन अटेर गर्दै गोप्य तरिकाले सञ्चालनमा रहेको जनकपुरधामस्थित एउटा अस्पताललाई मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सोमबार पुनः बन्द गराएका छन् ।

मधेश स्वास्थ्यविज्ञान प्रतिष्ठानको एकेडमिक भवन शिलान्यास गरी मुख्यमन्त्रीको सरकारी निवासतर्फ फर्कँदै गर्दा अनिश्चितकालका लागि सेवा बन्द बोर्ड मूल गेटमा झुन्ड्याइए पनि त्यस वरपर शङ्कास्पद गतिविधि देखिएपछि मुख्यमन्त्री सिंहले अुगमन गर्दा जनकपुरधामको थापाचोकस्थित जनकपुर सीता अस्पताल प्रालिमा बिरामी भर्ना गरी स्वास्थ्यसेवा दिइरहेको अवस्था पाइएको थियो ।

अस्पतालले बाहिरी गेटमा अस्पताल बन्द रहेको सूचना टाँस गरे पनि भित्र पाँच जना बिरामीलाई भर्ना गरी उपचार गरिरहेको मुख्यमन्त्री सिँहले भेटेका थिए ।

जबर्जस्ती र सरकारी निकायलाई झुक्याउने गरी अवैध ढङ्गले अस्पताल सञ्चालन गरिरहेका अस्पतालका सञ्चालक व्यवस्थापक मधु महतो र सुभाष मुखियालाई मुख्यमन्त्री सिंहको निर्देशनमा प्रहरीले नियन्त्रणमा लिएको छ । ती दुवैलाई जिल्ला प्रहरी कार्यलय धनुषामा राखिएको छ ।

सेवा सञ्चालन अनुमति नरहेको र अस्पतालका लागि चाहिने न्यूनतम मापदण्डसमेत पुरा नगरेको सो अस्पताललाई मुख्यमन्त्री सिँहसहितको टोलीले गत माघ २६ गते गरेको अनुगमनका क्रममा अस्पतालमा उपचाररत बिरामीलाई अर्को अस्पतालमा सारेर बन्द गर्ने निर्देशन दिएको थियो ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  ६ : ५९ बजे

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका