‘नरसिंहाः अवतार’को फर्स्टलुकमा यस्तो देखिए राजेश र राज « Khabarhub

‘नरसिंहाः अवतार’को फर्स्टलुकमा यस्तो देखिए राजेश र राज


१८ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


489
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फर्स्टलुक सार्वजनिक गर्दै फिल्म ‘नरसिंहाः अवतार’को प्रदर्शन मिति तय गरिएको छ । काठमाडौंको ग्लोबल कलेजमा आयोजित कार्यक्रममा फिल्मको फर्स्टलुक सार्वजनिक गरिएको हो ।

पाँच सय बढी विद्यार्थीहरुको उपस्थितिमा फिल्मका दुई पोस्टर सार्वजनिक गरिएको हो ।

यो फिल्मलाई आगामी वर्ष जेठ ९ गतेबाट रिलिज गर्ने घोषणा निर्माणपक्षले गरेको छ ।

दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मबाट नायक राजेश हमालले ८ वर्षपछि नेपाली फिल्म क्षेत्रमा कमब्याक गर्दैछन् । यसकारण पनि यो फिल्म बहुप्रतिक्षित छ ।

कार्यक्रममा नायक हमालले आफूले ३ सय बढी फिल्ममा काम गरे पनि यति ठूलो पोस्टर हालसम्म नदेखेको बताए । यो फिल्मको हालसम्मै ठूलो दाबीसहित पोस्टर सार्वजनिक गरिएको हो ।

यो फिल्ममा राजेश हमालको साथमा सरोज खनाल, नीर शाह, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, उषा खड्गी, अर्जुन श्रेष्ठ, प्रशान्त ताम्राकार, रमेश चन्द सोडारी, प्रकाश कुँवर, राजिभ जंग बस्नेत, दीपा शाही, प्रभु श्रेष्ठ, अमित गिरी, एभेलिना खड्का, समाइरा थापा, आशा पौडेल लगायतका कलाकाको अभिनय छ ।

राजुविक्रम थापाले खिचेको फिल्ममा कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, चन्द्र पन्तको एक्सन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन, शम्भुजित बाँस्कोटा र अर्जुन पोखरेलको संगीत छ । पोस्टरको डिजाइन राकेश दाहालले गरेका हुन् ।

फिल्ममा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने, नेम महर्जनको लगानी छ । करण सिंह प्रोडक्सन डिजाइनर रहेको यो फिल्मका एसोसियट निर्देशक वसन्त अधिकारी हुन् ।

कार्यक्रममा विद्यार्थीमाझ नायक राजेश हमालसँग सम्बन्धित १० प्रश्न गरिएको थियो । सही जवाफ दिने विद्यार्थीलाई फिल्मका कलाकारहरुले उपहार प्रदान गरे ।

यो फिल्म हेर्न निक्कै उत्साहित भएको ग्लोबल कलेजका विद्यार्थीहरूले बताए । फिल्म ‘नरसिंहाः अवतार’लाई प्रेम, सस्पेन्स र एक्सनको मिश्रण भनिएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  ७ : ३५ बजे

कांग्रेस फुट्छ भन्दै चन्द्र भण्डारी र सुनील शर्माले छाडे विशेष महाधिवेशनस्थल

काठमाडौं‍- पार्टी फुटमा साथ नदिने भन्दै डा. चन्द्र भण्डारी र

कुनै पनि हालतमा पार्टी फुट्न दिँदैनौँ : सुजाता कोइराला 

काठमाडौं– नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीलाई कुनै पनि हालतमा

आफ्नो देशलाई रोमानियासँग विलय गराउने पक्षमा भोट हाल्छु : मोल्दोभाकी राष्ट्रपति सन्दु

काठमाडौं– मोल्दोभाकी राष्ट्रपति माइया सन्दुले आफ्नो मुलुकलाई रोमानियामा विलय गराउने

उम्मेदवारीका लागि मनोनयन पत्र वितरण सुरु

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि उम्मेदवारी दर्ता प्रक्रियाअन्तर्गत

सभामुख भन्छन् : संसद् पुनर्स्थापना गरेर निर्वाचनमा जानु उपयुक्त, सर्वोच्चले छिटो फैसला दिए राम्रो

काठमाडौं- विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सर्वोच्च अदालतले संसद् पुनर्स्थापना