‘नरसिंहाः अवतार’को फर्स्टलुकमा यस्तो देखिए राजेश र राज « Khabarhub

‘नरसिंहाः अवतार’को फर्स्टलुकमा यस्तो देखिए राजेश र राज


१८ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


489
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फर्स्टलुक सार्वजनिक गर्दै फिल्म ‘नरसिंहाः अवतार’को प्रदर्शन मिति तय गरिएको छ । काठमाडौंको ग्लोबल कलेजमा आयोजित कार्यक्रममा फिल्मको फर्स्टलुक सार्वजनिक गरिएको हो ।

पाँच सय बढी विद्यार्थीहरुको उपस्थितिमा फिल्मका दुई पोस्टर सार्वजनिक गरिएको हो ।

यो फिल्मलाई आगामी वर्ष जेठ ९ गतेबाट रिलिज गर्ने घोषणा निर्माणपक्षले गरेको छ ।

दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मबाट नायक राजेश हमालले ८ वर्षपछि नेपाली फिल्म क्षेत्रमा कमब्याक गर्दैछन् । यसकारण पनि यो फिल्म बहुप्रतिक्षित छ ।

कार्यक्रममा नायक हमालले आफूले ३ सय बढी फिल्ममा काम गरे पनि यति ठूलो पोस्टर हालसम्म नदेखेको बताए । यो फिल्मको हालसम्मै ठूलो दाबीसहित पोस्टर सार्वजनिक गरिएको हो ।

यो फिल्ममा राजेश हमालको साथमा सरोज खनाल, नीर शाह, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, उषा खड्गी, अर्जुन श्रेष्ठ, प्रशान्त ताम्राकार, रमेश चन्द सोडारी, प्रकाश कुँवर, राजिभ जंग बस्नेत, दीपा शाही, प्रभु श्रेष्ठ, अमित गिरी, एभेलिना खड्का, समाइरा थापा, आशा पौडेल लगायतका कलाकाको अभिनय छ ।

राजुविक्रम थापाले खिचेको फिल्ममा कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, चन्द्र पन्तको एक्सन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन, शम्भुजित बाँस्कोटा र अर्जुन पोखरेलको संगीत छ । पोस्टरको डिजाइन राकेश दाहालले गरेका हुन् ।

फिल्ममा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने, नेम महर्जनको लगानी छ । करण सिंह प्रोडक्सन डिजाइनर रहेको यो फिल्मका एसोसियट निर्देशक वसन्त अधिकारी हुन् ।

कार्यक्रममा विद्यार्थीमाझ नायक राजेश हमालसँग सम्बन्धित १० प्रश्न गरिएको थियो । सही जवाफ दिने विद्यार्थीलाई फिल्मका कलाकारहरुले उपहार प्रदान गरे ।

यो फिल्म हेर्न निक्कै उत्साहित भएको ग्लोबल कलेजका विद्यार्थीहरूले बताए । फिल्म ‘नरसिंहाः अवतार’लाई प्रेम, सस्पेन्स र एक्सनको मिश्रण भनिएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  ७ : ३५ बजे

यौनजन्य हिंसा र बलात्कारसम्बन्धी कानुन संशोधन गर्ने नवनियुक्त कानुनमन्त्रीको पहिलो निर्णय

काठमाडौं- नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले शुक्रबार

नवनियुक्त प्रधानमन्त्री शाहलाई एनआरएनको बधाई

काठमाडौं– गैरआवासीय नेपाली सङ्घ (एनआरएन)ले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएको

गल्ती गर्ने छुट हामीलाई छैन, रूपान्तरणको अभियानमा साथ दिन्छु : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं– नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय

भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अपनाउन गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौं– नवनियुक्त गृहमन्त्री सुधन गुरुङले भ्रष्टाचारप्रति शुन्य सहनशीलताको नीति अपनाउन

मन्त्रिपरिषदमा वादी समुदायको पहिलो प्रतिनिधित्व, बालुवा चालेर हुर्केकी सीता बनिन् मन्त्री

काठमाडौं- वादी समुदायबाट पहिलो पटक सीता वादी मन्त्री बनेकी छिन्