दुर्गा प्रसाईंको चेतावनी : छिट्टै तिमीहरूको मलामी लिएर आउँदैछु « Khabarhub

दुर्गा प्रसाईंको चेतावनी : छिट्टै तिमीहरूको मलामी लिएर आउँदैछु


१८ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हिन्दु धर्म र राजा फर्काउने अभियान चलाइरहेका विवादित व्यक्ति दुर्गा प्रसाईंले आफू नेपालमै बसेर आन्दोलनको भावी रणनीति तयार गरिरहेको बताएका छन् ।

सोमबार साँझ सामाजिक सञ्जालमार्फत प्रसाईंले आफू सिंह भएको बताउँदै अब छिट्टै भ्रष्टाचारीको मलामी लिएर फर्कने चेतावनी समेत दिएका छन् ।

उनले लेखेका छन्, ‘शिकार गर्नु भन्दा पहिला सिंह पनि एक कदम पछि हटछ,अनि पुनःआक्रमण गर्छ! दुर्गा प्रसाई सिंह नै हो,अब छिट्टै तिमीहरु को मलामि लिएर आउदैछ,भ्रष्टाचारि हो । मैले त लुक्ने ठाउँ भेटेको छु नेपाल मै छु,भाबी रणनीति तयार गर्दैछु,तर तिमीहरू ले त्यो पनि पाउदैनौ, बुझिराख ! जय रास्टवाद !!’

गत शुक्रबार तीनकुनेमा भएको हिसांत्मक प्रदर्शनको नेतृत्व गरेका प्रसाईलाई पक्राउ गर्न प्रहरीले खोजी गरिरहेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  ९ : ३४ बजे

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी

विश्व सम्बन्धलाई कमजोर नबनाउन महासचिव गुटेर्रेसको चेतावनी

काठमाडौं – संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले विश्व सम्बन्धलाई कमजोर