राजसंस्था र राजनीतिक दल एकै ठाउँमा अटाउने मिलन बिन्दु पहिल्याउनुपर्छ : पूर्वप्रधानमन्त्री चन्द « Khabarhub

राजसंस्था र राजनीतिक दल एकै ठाउँमा अटाउने मिलन बिन्दु पहिल्याउनुपर्छ : पूर्वप्रधानमन्त्री चन्द


१८ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


573
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले राजसंस्था, राजनीतिक दलहरु र सम्पूर्ण जनता एकै ठाउँमा अटाउने मिलन बिन्दु पहिल्याउनु पर्ने बताएका छन् ।

सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै चन्दले सरकार, संसद, न्यायपालिका र राज्यका अन्य अंगहरुमाथि जनविश्वास गुम्न गई आम जनतामा घोर निराशा तथा आक्रोश पैदा भएको बताएका हुन् ।

उनले राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समन्वय समितिको आह्वानमा चैत १५ मा काठमाडौंमा भएको शान्तिपूर्ण विरोधसभाको क्रममा दुःखद घटना भएको भन्दै नियोजित रुपमा हत्या, हिंसा र आगजनी तथा लुटपाटका घटनाहरु घटाइएको दाबी गरेका छन् ।

उनले नजरबन्दमा राखिएका राजसंस्था पुनर्स्थापना लागि संयुक्त जनआन्दोलन समन्वय समितिका संयोजक नवराज सुवेदी तथा हिरासतमा राखिएका राप्रपाका वरिष्ठ उपाध्यक्ष श्री रविन्द्र मिश्र, राप्रपाका महामन्त्री धवलशमशेर राणा लगायतलाई यथाशीघ्र बिनाशर्त रिहाइ गर्न समेत माग गरेका छन् ।

‘मुलुक अब निषेधको राजनीतिबाट अगाडि बढ्न सक्दैन । राष्ट्रिय सहमति, सहकार्य र सबै पक्षबीच राष्ट्रिय एकता नै अबको निकासको अपरिहार्य मार्ग हो । दश वर्षको माओवादी द्वन्द र ०६२/०६३ को आन्दोलनपछि मुलुक राजनीतिक अस्थिरता, भ्रष्टाचार, कानूनविहिन र उत्तरदायित्व विहिनताको भूमरीमा फसेको छ । सरकार, संसद, न्यायपालिका र राज्यका अन्य अंगहरुमाथि जनविश्वास गुम्न गई आम जनतामा घोर निराशा तथा आक्रोश पैदा भएको छ’ विज्ञप्तिमा उल्लेख छन् ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  १० : २४ बजे

संघसंगठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन जिल्ला प्रशासन काठमाडौँको निर्देशन

काठमाडौँ : जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाका सरकारी निकायमा कार्यरत

ओटीटी प्लेटफर्म अब कानुनी दायरामा, सञ्चालनका लागि अनुमति अनिवार्य

काठमाडौं । सरकारले डिजिटल प्रसारण क्षेत्रमा पहिलोपटक स्पष्ट कानुनी व्यवस्था

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी

विद्युत् पोलका कारण निर्माणको काम नरोकिने समझदारी बन्यो : मन्त्री लम्साल

काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले विकास निर्माण कार्यमा

जेठमा घर जग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

काठमाडौँ । देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा रु