आईपीएल : मुम्बई इन्डियन्सकाे पहिलो जित « Khabarhub

आईपीएल : मुम्बई इन्डियन्सकाे पहिलो जित


१७ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा मुम्बई इन्डियन्सले पहिलो जित निकालेको छ । सोमबार भएको दोस्रो खेलमा कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराउँदै मुम्बईले पहिलो जित दर्ता गरेको हो ।

कोलकाताले दिएको ११७ रनको लक्ष्य मुम्बईले १२.५ ओभरमा दुई विकेटको क्षतिमा पुरा गर्यो । मुम्बईका लागि ओपनर रायन रिकेल्टनले अविजित ६२ रन बनाए । ४१ बलको सामना गरेका उनले चार चौका र पाँच छक्का प्रहार गरे ।

त्यस्तै सुर्यकुमार यादवले ९ बलमा तीन चौका र दुई छक्कासहित २७ रन बनाए । भने विल ज्याक्सले १६ रन बनाउँदा रोहित शर्मा १३ रनमै पेभेलियन फर्किए ।

कोलकाताका लागि आन्द्रे रसेलले दुई विकेट लिए । २.५ ओभर बलिङ गरेका रसेलले ३५ रन खर्चिए ।

त्यसअघि मुम्बईको वानखेडे रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले १६.२ ओभरमा अलआउछ हुनुअघि ११६ रन बनायो । उसका लागि अंकृश रघुवंशीले सर्वाधिक २६ रन बनाए । त्यस्तै मनदीप सिंहले २२ रन, मनिष पाण्डेले १९ रन बनाउँदा रिंकु सिंह १७ रनमा आउट भए ।

मुम्बईका अश्वनी कुमारले चार विकेट लिए । यो अश्वनीको डेब्यू खेल थियो । उनले डेब्यू खेलमा नै शानदार प्रदर्शन गर्दै तीन ओभरमा ८ रन खर्चिर चार विकेट लिए । त्यस्तै दीपक चहरले दुई तथा ट्रेन्ट बोल्ट र कप्तान हार्दिक पाण्ड्याले एकएक विकेट लिए ।

प्रकाशित मिति : १७ चैत्र २०८१, सोमबार  ११ : ०८ बजे

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत