लेउती खोलाले बगाउँदा धरान–धनकुटा सडक अवरुद्ध « Khabarhub

लेउती खोलाले बगाउँदा धरान–धनकुटा सडक अवरुद्ध


१७ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


978
Shares
  • change font
  • change font
  • change font

धनकुटा– शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण कोशी राजमार्ग अन्तर्गत धरान–धनकुटा सडक अवरुद्ध भएको छ ।

खोलाले सडक बगाएपछि तराई–मधेसबाट धनकुटा, भोजपुर, संखुवासभा र तेह्रथुमसहितका पहाडी जिल्ला जाने यातायात पूर्णरूपमा ठप्प भएको छ ।

लेउती खोलाले धरान–धनकुटा सडकको फेदीमा करिब ५० मिटर बाटो बगाएको छ ।

रातिदेखि नै यातायात अवरुद्ध भएपछि यात्रुहरू बिचल्नीमा परेका छन् । बाढीका कारण मानवीय क्षति भने भएको छैन ।

पूर्वी नेपालमा शुक्रबार मुसलधारे वर्षा भएको थियो । वर्षाका कारण भएको क्षतिको थप विवरण भने आउन बाँकी छ ।

प्रकाशित मिति : १७ जेठ २०८२, शनिबार  ७ : ३२ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर