प्रकृति र संस्कृतिले भरिपूर्ण मुस्ताङ (तस्बिरहरू) « Khabarhub

प्रकृति र संस्कृतिले भरिपूर्ण मुस्ताङ (तस्बिरहरू)


१७ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– प्राकृतिक तथा सांस्कृतिक रूपले धनी मुस्ताङमा घुम्न लायक थुप्रै ठाउँहरू छन् । हिमाल पारिको जिल्ला भनेर चिनिने मुस्ताङमा स्वदेशीसँगै विदेशी पर्यटक पनि घुम्नका लागि पुग्ने गर्छन् ।

अपर मुस्ताङ, लाेमान्थाङलगायत यहाँका ऐतिहासिक ठाउँ हुन् । लोपा भूमि भनिने यो क्षेत्रमा तिब्बतको सांस्कृतिक प्रभाव छ ।  यहाँका लोपा समुदायले आफ्नो मौलिक भाषा, पहिरन र परम्परा जगेर्ना गर्दै आएका छन् ।

प्राचीन शहर, चोर्तेनहरूले सजिएको बाटो, त्सोके गुम्बा र शताब्दीयौँ पुराना गुफाहरूले मानव सभ्यताको प्रारम्भिक चरणको झल्को दिन्छन् । मार्फा गाउँको संरचना, स्याउ खेती र बौद्ध तथा थकाली संस्कृतिको संगमले पर्यटकलाई लोभ्याउँछ ।

मुस्ताङका तालहरू निकै सुन्दर छन् । साथै यहाँका सङ्ग्रहालयले पनि आगन्तुकहरूलाई पर्याप्त जानकारी दिन्छन् ।

मौसम सफा भएको बेला बिहान ५ बजेदेखि नै हिमालहरु खुलेका हुन्छन् । दिउँसो १२ बजेपछि भने विस्तारै हावा चल्न थाल्छ र हिमालहरू तुवाँलोले ढाकिँदै जान्छन् ।

जलवायु परिवर्तनका कारण हिमालहरू नाङ्गिदै गएकोमा स्थानीयवासीका साथै पर्यटक पनि चिन्तित छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १७ जेठ २०८२, शनिबार  १० : २८ बजे

कर्णालीमा ‘दोस्रो प्रादेशिक मह महोत्सव’ सम्पन्न

कर्णाली– यही माघ १ गते सञ्चालन भएको ‘दोस्रो प्रादेशिक मह

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल