व्यक्तिको नाममा दर्ता भएको १९ रोपनी जग्गा सरकारको नाममा फिर्ता « Khabarhub

व्यक्तिको नाममा दर्ता भएको १९ रोपनी जग्गा सरकारको नाममा फिर्ता


१७ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


555
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– चाँगुनारायण नगरपालिका-१ सरस्वतीखेल बसपार्कस्थित १९ रोपनी १० आना सार्वजनिक जग्गा व्यक्तिको नामबाट फिर्ता ल्याएर कालभैरबको मूर्ति स्थापना गरिएको छ ।

यहाँको १९ रोपनी १० आना क्षेत्रफल रहेको ४७ नं कित्ता रहेको सार्वजनिक जग्गालाई २०४२ सालमा व्यक्तिको नाममा दर्ता गरी विभिन्न व्यक्तिमा हक हस्तान्तरण भएको थाहा पाएपछि स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए ।

आर्थिक वर्ष २०६०-०६१ मा थाहा भएको यस विषयमा अनुसन्धानपश्चात् आयोगले जिल्ला मालपोत कार्यालय भक्तपुरमा व्यक्तिको नाममा दर्ता खारेज गरी सार्वजनिक कायम गरिएको थियो । सरकारको नाममा फिर्ता आएपछि स्थानीय सरकारको पहल र नागरिकको सहभागितामा कालभैरबको विशाल मूर्ति स्थापना गरिएको चाँगुनारायण नगरपालिका–१ का वडाध्यक्ष सिजन कार्कीले जानकारी दिए । 

उनले भने, ‘व्यक्तिको नाममा दर्ता भएको सार्वजनिक जग्गा स्थानीयवासीकै पहलमा पुनः सरकारकै नाममा फिर्ता आएको छ । यसको संरक्षण गर्न स्थानीय सरकार र स्थानीयवासी लागिरहेका छौँ । यही जग्गामा ढुङ्गाबाट कालभैरबको मूर्ति स्थापना गरी प्राण प्रतिष्ठासमेत गरेका छौँ ।’

यहाँ करिब २० लाखमा अर्को एक मन्दिर निर्माण गर्ने, करिब २० लाखकै लागतमा बहुउद्देश्यीय सामुदायिक भवन निर्माण र धार्मिक क्षेत्रको रूपमा विकास गरी  पर्यटक भित्र्याउने लक्ष्यसहित काम अगाडि बढाइएको वडाध्यक्ष कार्कीले जानकारी दिए ।

रासस

प्रकाशित मिति : १७ जेठ २०८२, शनिबार  १२ : ३० बजे

भिडियोले विवाद भएपछि सांसद सृष्टिको बाचा, ‘ट्राफिक नियम मान्छु, भविष्यमा यस्तो गर्दिनँ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सृष्टि भट्टराईले सामाजिक सञ्जालमा आफ्नो

संघसंगठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन निर्देशन

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाका सरकारी निकायमा कार्यरत कर्मचारीआबद्ध

सानिगाड हाइड्रोको स्थानीय सेयरमा गम्भीर अनियमितता, सनराइज क्यापिटलसँगको सेटिङमा प्रभावित क्षेत्रबाहिरका व्यक्तिको रजाइँ

काठमाडौं– बझाङ जिल्लाको बुंगल नगरपालिकामा सञ्चालित ३८.४६ मेगावाट क्षमताको माथिल्लो

घरजग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

काठमाडौं– देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा पाँच अर्ब

रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनी आक्रमण

मस्को– युक्रेनी ड्रोनले मंगलबार मस्कोस्थिततेल प्रशोधन केन्द्रमा प्रहार गर्दा आगलागी