डिजिटल नेपाल फ्रेमवर्क सरकारको उच्च प्राथमिकतामा छ : मन्त्री गुरुङ « Khabarhub

डिजिटल नेपाल फ्रेमवर्क सरकारको उच्च प्राथमिकतामा छ : मन्त्री गुरुङ


१७ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

टोकियो– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल सरकारले डिजिटल नेपाल फ्रेमवर्क (डिएनएफ) लाई उच्च प्राथमिकतामा राखेको बताएका छन् । 

जापानको राजधानी टोकियोमा शुक्रबार सम्पन्न भएको एसिया–प्रशान्त दूरसञ्चार (एटीपी) २०२५ मन्त्रिस्तरीय बैठकलाई नेपालका तर्फबाट सम्बोधन गर्दै मन्त्री गुरुङले डिएनफको सफल कार्यान्वयनका लागि सूचना प्रविधिको पारिस्थितिक प्रणाली र अनुकूल वातावरणको तत्परता आवश्यक रहेको बताएका छन् । 

नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले डिजिटल अर्थतन्त्र वृद्धिसँगै सुरक्षित, समावेशी र अवसरयुक्त डिजिटल युग निर्माण गर्न खोजिएको भनाइ राखे । साथै, सुरक्षित र विश्वसनीय डिजिटल वातावरणको आजको आवश्यकता रहेकोमा जोड दिँदै नेपालमा डिएनएफले डिजिटल रूपान्तरणको लागि सुरक्षा र विश्वासलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गरेको मन्त्री गुरुङको सचिवालयले जनाएको छ । 

नागरिकलाई सशक्त बनाउन, साइबर सुरक्षा मुद्रा निर्माण गर्न, डिजिटल पूर्वाधारमा लगानी गर्नका लागि सरकार लागेको उनको भनाइ थियो । साथै डाटा सुरक्षित गर्नुका साथै नवप्रवर्तनलाई तीव्रता दिने विषयमा पनि नेपालको प्रमुख चासो रहेको बताए। त्यस्तै नेपाल एपिटीसँग गहिरो साझेदारीका रुपमा संलग्न भई, ज्ञान बाँड्ने प्रतिबद्धतासमेत मन्त्री गुरुङले राखे ।

नेपालले प्रविधि हस्तान्तरण, क्षमता अभिवृद्धि र नीतिगत संलग्नतामा एपिटीले प्रदान गरेको सहयोगलाई गहिरो रूपमा महत्व दिने मन्त्री गुरुङको भनाइ थियो । 

नेपाल डिजिटल छलाङको चरणमा रहेको जानकारी दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीको दूरदर्शी नेतृत्वमा उद्योग स्थापना गर्न, रोजगारी सिर्जना गर्न, कुल ग्राहस्थ उत्पादन बढाउन, नवीन र समावेशी अर्थतन्त्र सिर्जना गर्न दृढ संकल्पका साथ काम गरिरहेको उनले बताए। 
 

प्रकाशित मिति : १७ जेठ २०८२, शनिबार  १२ : ३५ बजे

भिडियोले विवाद भएपछि सांसद सृष्टिको बाचा, ‘ट्राफिक नियम मान्छु, भविष्यमा यस्तो गर्दिनँ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सृष्टि भट्टराईले सामाजिक सञ्जालमा आफ्नो

संघसंगठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन निर्देशन

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाका सरकारी निकायमा कार्यरत कर्मचारीआबद्ध

सानिगाड हाइड्रोको स्थानीय सेयरमा गम्भीर अनियमितता, सनराइज क्यापिटलसँगको सेटिङमा प्रभावित क्षेत्रबाहिरका व्यक्तिको रजाइँ

काठमाडौं– बझाङ जिल्लाको बुंगल नगरपालिकामा सञ्चालित ३८.४६ मेगावाट क्षमताको माथिल्लो

घरजग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

काठमाडौं– देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा पाँच अर्ब

रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनी आक्रमण

मस्को– युक्रेनी ड्रोनले मंगलबार मस्कोस्थिततेल प्रशोधन केन्द्रमा प्रहार गर्दा आगलागी