अर्थमन्त्री भन्छन्- सार्वजनिक ऋण कति पुग्यो हिसाब नगर्नुस्, साँवा-ब्याज तिर्न पुग्ने ऋण लिइन्छ « Khabarhub

अर्थमन्त्री भन्छन्- सार्वजनिक ऋण कति पुग्यो हिसाब नगर्नुस्, साँवा-ब्याज तिर्न पुग्ने ऋण लिइन्छ


१७ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले ल्याएको बजेट सकारात्मक रहेको प्रक्रिया पाएपछि हाैसिएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बजेटको कार्यान्वयन पनि सकारात्मक रुपमा हुने विश्वास गर्न आग्रह गरेका छन् । ६ प्रतिशतको वृद्धिदर हासिल सम्भव भएकाे उनले बताए ।

शनिबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको पोष्ट बजेट छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले बजेट निर्माणका सिद्धान्तलाई अनुसरण गरेर ल्याइएकाे बताए ।

‘सीमा पालना गरेर बजेट आएको छ । स्रोत व्यवस्थापन गरेर नै बजेट निर्माण गरिएको छ ।  अनुमानित राजस्वकाे लक्ष्य आगामी आर्थिक वर्षभित्रमै हासिल हुने विश्वास छ, आर्थिक वर्ष सकिँदै गर्दा प्रश्न गर्न सक्ने अवस्था आउन दिइने छैन ।’ उनले भने ।

अर्थमन्त्री पौडेलले लक्ष्य अनुसारको राजश्व संकलनको लागि थोरै मेहनत गर्न आवश्यक रहेको बताए । उनले  भने, ‘ काम नगरेको अवस्थामा लक्ष्य हासिल गर्न सकिँदैन । काम हुन्छ ।’ उनले सार्वजनिक ऋण कति पुग्यो भनेर हिसाब गरेर बस्ने भन्दा पनि साँवा ब्याज तिर्नका लागि पुग्ने ऋण लिने गरी बजेट आएको बताए । स्रोतको विषयमा चिन्ता नगर्न अर्थमन्त्री पाैडेलले आग्रह गरे । 

उनले आर्थिक विज्ञबाट सकारात्मक सुझाव आएकाले आफू उत्साहित भएको बताए ।  खर्च गर्नु पर्ने क्षेत्र पनि देखाउने र खर्च बढाएको भन्ने कुरा आफैँमा नमिल्दो रहेको उनको भनाइ छ । स्रोत परिचालन गर्न सकिने किसिमको बजेट आएको उनले बताए । अर्थमन्त्री पौडेलले साना–साना योजनामा बजेट लोड गरेर समस्या भइरहेको अवस्थामा बजेटले त्यसलाई समाधान गरेको बताए । उनले स्रोतलाई दुरुपयोग  गर्न दिन नहुने बताए । खुद्रा योजनामा बजेट होसियार रहेको उनको भनाइ छ । 

मन्त्री पाैडेलले गत आर्थिक वर्षको र चालु आवको आर्थिक वृद्धिदर साथै मुद्रास्फीतिलाई आधार बनाएर बजेट ल्याएकाे बताए । सरकारले गर्नु पर्ने काम सबै गर्छ भन्ने सन्देश बजेटले निजी क्षेत्रलाई दिएको बताए । उनले निजी क्षेत्रका सबै विधाका लागि काम गरिरहेको उल्लेख गरे ।
 
अर्थमन्त्री पौडेलले युवा उद्यमीलाई सशक्त रुपमा पहल गरेको दाबी गरे । निजी क्षेत्रलाई अघि बढाउनका लागि सरकार सधैँ तयार रहेको उनकाे भनाइ छ । ‘निर्माण क्षेत्रका समस्याका विषयमा पनि सरकारले समाधानका लागि काम गरेको छ । ऐन कानुनमा गर्नु पर्ने संशोधनका लागि पनि सरकार तयार छ ।’ उनले भने ।  

उनले आयोजना निर्धारित समयमा बन्नु पर्ने सरकारको मुख्य उद्देश्य रहेकाले त्यसका लागि सरकारले गर्नु पर्ने सबै सहजीकरण गर्न तयार रहेको बताए । उनले डिजिटल बैंकिङमा जानका लागि आवश्यक पर्ने पूर्वाधार निर्माण गरिने बताए । अर्थमन्त्री पाैडेलले त्यसमा राष्ट्र बैंक र सरकारले समन्वय गरेर काम गर्ने उल्लेख गरे । आयोजना ट्रान्समिसन लाइनलाई सँगसँगै लैजानु पर्छ भन्ने उद्देश्य सरकारको रहेको उनले बताए । 

वातावरणमा प्रभाव नपर्ने गरी खनिज पदार्थको प्रयोग गर्नुपर्ने आवश्यकता रहेको र यो बजेटले त्यसमा ध्यान दिएको अर्थमन्त्री पौडेलकाे भनाइ छ । बजेटको कार्यान्वयनमा सबैको सहयोग आवश्यक रहेको पनि उनले बताए ।

प्रकाशित मिति : १७ जेठ २०८२, शनिबार  १ : ३१ बजे

व्यक्तिगत लाभमन्दा माथि उठेर रास्वपासँग एकता भयो : कुलमान

काठमाडौं – कुलमान घिसिङले व्यक्तिगत लाभमन्दा माथि उठेर उज्यालो नेपाल

संविधानले विविधतासहितको एकतालाई आत्मसात गरेको छ : राष्ट्रियसभा अध्यक्ष

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधानले विविधतासहितको एकतालाई राष्ट्रिय मेरूदण्डका

एकैदिन तोलामा ८ हजार रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्यमा उच्च गिरावट आएको छ । अघिल्लो

प्रधानमन्त्री कार्कीबाट ‘तमु ल्होसार’को शुभकामना

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले पर्वहरूले आपसी एकता, शान्ति र सद्भाव

बलिउड अभिनेता हर्षवर्धन राणे नयाँ फिल्म ‘शूटआउट इन दुबई’सँग जोडिँदै

काठमाडौं– बलिउड अभिनेता हर्षवर्धन राणेलाई चर्चित ‘शूटआउट’ फ्रेन्चाइजको नयाँ अध्याय