राजावादीहरूसँग डराएर सरकारले आन्दोलन स्थलमै निषेधाज्ञा जारी गर्‍यो : राजेन्द्र लिङ्देन « Khabarhub

राजावादीहरूसँग डराएर सरकारले आन्दोलन स्थलमै निषेधाज्ञा जारी गर्‍यो : राजेन्द्र लिङ्देन


१७ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाको माग राख्दै आफूहरूले सुरु गरेको आन्दोलन प्रभावकारी हुँदै गएको निष्कर्ष निकालेको छ । 

शनिबार काठमाडौंमा बसेको राप्रपा कार्यसम्पादन समिति बैठकले आन्दोलनलाई मध्यनजर गरेर सरकारले निषेधाज्ञा नै जारी गर्नुले आफूहरूले सुरु गरेको आन्दोलन प्रभावकारी हुँदै गएको निष्कर्ष निकालेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।

प्रदर्शनलाई रोक्न निषेधित क्षेत्र घोषणा गर्नुले सरकार डराएको भन्दै उनले यसबाट आफूहरू थप उत्साहित भएको जिकिर गरे।

बैठकले आन्दोलनलाई थप सशक्त बनाउन संयुक्त जनआन्दोलन परिचालन समितिको निर्देशन अनुसार परिचालन हुने निर्णय गरेको उनले बताए। 

अध्यक्ष लिङ्देनले राज्यले जतिसुकै रोक्न खोजेपनि आफूहरूको आन्दोलन नरोकिने स्पष्ट पारे । उनले जेठ १५ गते राजसंस्था पक्षधरहरुको शक्ति र गणतन्त्र पक्षधरहरूको शक्ति जाँच गर्ने मौका प्राप्त भएको जिकिर गरे । 

प्रकाशित मिति : १७ जेठ २०८२, शनिबार  १ : ४३ बजे

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको

नेयमारको घुँडाको शल्यक्रिया : के विश्वकप खेल्न सम्भव छ ?

काठमाडौं – ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले घुँडाको शल्यक्रिया गराएका छन्।

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा

सरकारले आज रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै

काठमाडौं– सरकारले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी

आजको मौसम : तराईका भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल