खोल्साको टिम्मुरबाट आम्दानी, प्रतिकिलो दुई हजारसम्म बिक्री « Khabarhub

खोल्साको टिम्मुरबाट आम्दानी, प्रतिकिलो दुई हजारसम्म बिक्री


१७ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

गलेश्वर– म्याग्दीका किसानले ख्यालख्यालैमा सुरु गरेको टिम्मुरखेती यहाँका किसानहरूको लोभलाग्दो आम्दानीको माध्यम बन्दै गएको छ । यहाँका गाउँमा किसानले कतै बिरूवा उमारेर टिम्मुरखेती गरेका छन् भने कतै खोल्साखाल्सी, पाखो र खेती नहुने ठाउँमा प्राकृतिक रूपमा उम्रेका बिरूवा र बोटहरूको संरक्षण गरी आम्दानी गरिरहेका छन् ।

आयुर्वेदिक चिकित्सामा टिम्मुरलाई धेरै रोगको औषधि मानिन्छ । यसको अचारले खानाका परिकारलाई स्वादिष्ट बनाइदिन्छ । त्यसैले बजारमा टिम्मुर प्रतिकिलो आलोमा तीन सयदेखि पाँच सय र सुकाएको एक हजार पाँच सयदेखि दुई हजारसम्म बिक्री हुने गर्दछ ।

यस्तो बहुउपयोगी टिम्मुरको महत्व बुझेपछि यहाँका किसानले व्यावसायिक रूपमा नै टिम्मुरखेती सुरु गरेका हुन् । पाखो जग्गामा मात्रै होइन खेतीयोग्य जग्गामा समेत टिम्मुर लगाएका कृषकले टिम्मुरको फल बिक्री गरेर वार्षिक रू दुई लाखदेखि रु सात लाखसम्म आम्दानी गर्दै आएका कृषि प्राविधिकहरूले बताएका छन् । 

जिल्लाका सबैजसो स्थानीय तहमा टिम्मुरखेती हुन्छ । यहाँका मालिका, मङ्गला, अन्नपूर्ण, धौलागिरि र रघुगङ्गा गाउँपालिकाका लेकाली तथा बेसी क्षेत्र र बेनी नगरपालिका-३ भकिम्ली, वडा नं ९ घतान, तोरीपानी र वडा नं १० पात्ले खेतलगायत ठाउँमा व्यावसायिक रूपमा टिम्मुरखेती गरिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

कार्यालयका सहायक वन अधिकृत एवं टिम्मुरविज्ञ चन्द्रमणि सापकोटाले टिम्मुरखेती यहाँका कृषकहरूको लागि आम्दानीको माध्यम बन्दै गएको बताउनुभयो । उनका अनुसार जिल्लामा वार्षिक करिब तीन हजार केजी टिम्मुर उत्पादनको सम्भावना रहेको छ ।

टिम्मुरखेतीको व्यावसायिक उत्पादन गरिरहेका अगुवा कृषक लालबहादुर घर्तीले टिम्मुर ‘चिन्नेलाई श्रीखण्ड नचिन्नेलाई खुर्पाको बिँड’ लोकोक्तिसँग मिल्ने महत्वपूर्ण वनस्पति भएको बताउँछन्। उनले नर्सरी स्थापना गरेर टिम्मुरका बिरूवा बिक्री गर्दै आएका छन् । 

टिम्मुर बिक्री गरेर गतवर्ष चार लाख ८६ हजार आम्दानी गरेका घर्तीले यसवर्ष टिम्मुरखेती विस्तार गरेको बताए।

डिभिजन वन कार्यालयका अनुसार जिल्लामा २० वटा समूह गठन गरी टिम्मुरखेती विस्तार भइरहेको छ । जेठमा फल लाग्न सुरू हुने यो वनस्पति भदौ–असोजमा पाक्ने गर्छ र टिपेर सुकाएपछि बिक्रीका लागि योग्य हुन्छ । 

म्याग्दीमा वार्षिक पाँच हजार किलो टिम्मुरको माग भए पनि तीन हजार किलो मात्र उत्पादन हुने अनुमान गरिएको डिभिजन वन कार्यालयले जनाएको छ । यहाँको टिम्मुर विदेशमा समेत निर्यात हुने गरेको छ । 

प्रकाशित मिति : १७ जेठ २०८२, शनिबार  २ : ३२ बजे

भिडियोले विवाद भएपछि सांसद सृष्टिको बाचा, ‘ट्राफिक नियम मान्छु, भविष्यमा यस्तो गर्दिनँ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सृष्टि भट्टराईले सामाजिक सञ्जालमा आफ्नो

संघसंगठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन निर्देशन

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाका सरकारी निकायमा कार्यरत कर्मचारीआबद्ध

सानिगाड हाइड्रोको स्थानीय सेयरमा गम्भीर अनियमितता, सनराइज क्यापिटलसँगको सेटिङमा प्रभावित क्षेत्रबाहिरका व्यक्तिको रजाइँ

काठमाडौं– बझाङ जिल्लाको बुंगल नगरपालिकामा सञ्चालित ३८.४६ मेगावाट क्षमताको माथिल्लो

घरजग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

काठमाडौं– देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा पाँच अर्ब

रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनी आक्रमण

मस्को– युक्रेनी ड्रोनले मंगलबार मस्कोस्थिततेल प्रशोधन केन्द्रमा प्रहार गर्दा आगलागी