विषम परिस्थितिमा आएको बजेट, विकासमुखी र महत्त्वकांक्षी – चेम्बर अध्यक्ष अग्रवाल | Khabarhub Khabarhub

विषम परिस्थितिमा आएको बजेट, विकासमुखी र महत्त्वकांक्षी – चेम्बर अध्यक्ष अग्रवाल


१७ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल चेम्बर अफ कर्मसका अध्यक्ष कमलेशकुमार अग्रवालले विषम परिस्थितिमा आएको आगामी आर्थिक वर्षको बजेट विकासमुखी र महत्वकांक्षी भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले शनिबार काठमाडौंमा आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘आगामी आवको बजेट लगानी प्रवर्धन गर्ने खालको आएको छ, उनले भने, ‘आइटी र प्रविधिलाई ध्यानमा राखिएकोमा खुसी छु, तीन प्रतिशत ब्याजमा युवालाई २० लाख रुपैयाँसम्म ऋण दिने नीति स्वागतयोग्य छ ।’

यो नीतिले विदेशिने युवाको सङ्ख्यामा कमी हुने विश्वास लिएको उनले बताए । पर्यटन क्षेत्रका लागि पनि बजेट राम्रो देखिएको अग्रवालले बताए । त्यसमा हवाई टिकटमा लाग्दै आएको कर हटाएको भए झन राम्रो हुने बताउँदै यसमा सरकारले ध्यान दिनुपर्ने अग्रवालको भनाइ छ ।

उनले चालु कर्जा उपलब्ध गराएकाले अर्थतन्त्रमा सुधार हुने विश्वास लिइएको बताए । अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नदीजन्य पदार्थ उत्खननका विषय पनि आएकाले यसमा निकै सजग हुनुपर्ने उनको भनाइ छ । भारततर्फ निर्यातमा पनि निकै समस्या भइरहेको बताउँदै उनले यसमा पनि सुधार गर्न आवश्यक रहेको बताए ।

यसैगरी राजश्वको स्रोतमा ध्यान दिन आवश्यक रहेको पनि चेम्बर अध्यक्ष अग्रवालले बताए । ठूला राष्ट्रबाट आउने अनुदानमा कमी आउने देखिँदा अर्थतन्त्रमा असर गर्ने पनि उनको भनाइ छ । यस्तै उनले व्यवसायमा सङ्कुचन भएको अवस्थामा पुनकर्जाको व्यवस्था गर्न आवश्यक रहेको बताउँदै यसबारे मौद्रिक नीतिबाट सम्बोधन हुनुपर्ने बताए ।

प्रकाशित मिति : १७ जेठ २०८२, शनिबार  २ : ३८ बजे

रेशमको ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ ले पायो मान्यता (तस्बिरहरू)

काठमाडौं– रेशम चौधरीको संरक्षकत्वमा कबीर सोप अध्यक्ष रहने गरी निर्वाचन

फिलिपिन्समा शक्तिशाली चक्रवात : मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो

एजेन्सी– फिलिपिन्समा हालै आएको दुईवटा शक्तिशाली चक्रवातका कारण मृत्यु हुनेको

 अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौं– कञ्चनपुरको भिमदत्त नगरपालिका-१ भासी साईफन नहरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ

वर्षाका कारण धान उत्पादनमा तीन लाख मेट्रिक टनले कमी आउने

काठमाडौं– यसवर्ष आएको वर्षाका कारण कृषि क्षेत्रमा भएको क्षतिले धानको

राजनीतिकरणले देश बिग्रियो, अब दलीय ट्रेड युनियन हुँदैन

‘सार्वजनिक प्रशासन नचिनेको र नकिनेको रुपान्तरण’ अभियान के हो ?