कतारमा घरबाहिर निस्किन नपाइने, दुबईको होटलमा मिसाइल खस्दा चारजना घाइते « Khabarhub

कतारमा घरबाहिर निस्किन नपाइने, दुबईको होटलमा मिसाइल खस्दा चारजना घाइते


१६ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

दोहा- कतारको गृह मन्त्रालयले इरानी आक्रमणबीच देशका बासिन्दालाई ‘घरभित्रै बस्न’ आग्रह गरेको छ।

सामाजिक सञ्जालमार्फत् जारी सन्देशमा यस्तो भनिएको हो । ‘झ्याल र खुला क्षेत्रबाट टाढा रहनुहोस्, र अवस्था सामान्य नहुँदासम्म अत्यावश्यक अवस्था बाहेक घरबाहिर ननिस्कनुहोस्’, सन्देशमा भनिएको छ।

दुबईमा चार जना घाइते

उता यूएईस्थित दुबई राज्यका अधिकारीहरूले पाम जुमेराह क्षेत्रमा रहेको एक भवनमा इरानी मिसाइल खसेको पुष्टि गरेका छन् । इरानी मिसाइल पाम होटल क्षेत्रमा खस्दा चारजना घाइते भएका छन्।

दुबई मिडिया अफिसका अनुसार आपत्कालीन उद्धार टोली तुरुन्त परिचालन गरेर घटनास्थल सुरक्षित बनाइएको छ। होटलमा लागेको आगो दुबई सिभिल डिफेन्सले नियन्त्रणमा आइसकेको पुष्टि गरेको छ।

मिडिया कार्यालयका अनुसार चार जना घाइते भएका छन् र उनीहरूलाई उपचारका लागि स्वास्थ्य संस्थामा लगिएको छ।

अधिकारीहरूले सर्वसाधारणको सुरक्षाका लागि आवश्यक सबै कदम चालिरहेको बताएका छन्।

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार  १० : ०१ बजे

साउदी–पाकिस्तान–टर्कीबीच सैन्य क्षमता र सुरक्षा सहकार्य विस्तारमा जोड

एजेन्सी– साउदी अरब, पाकिस्तान र टर्कीएका सैन्य प्रमुखहरूले शुक्रबार रियादमा

तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

काठमाडौं– पछिल्लो तीन महिनामा सशस्त्र प्रहरीले मधेस प्रदेशबाट झण्डै रु

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नारायणगढ – अविरल वर्षासँगै बाढी र डुबानको जोखिम बढेपछि चितवन

नारायणी नदी पसेपछि सुस्ताका स्थानीयलाई सुरक्षित स्थानमा सारिँदै

एजेन्सी– नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १० असोजः पश्चिम नवलपरासीको सुस्ता

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कमा नेपाली डायस्पोरासँग अन्तरक्रिया

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा