विषम परिस्थितिमा आएको बजेट, विकासमुखी र महत्त्वकांक्षी – चेम्बर अध्यक्ष अग्रवाल « Khabarhub

विषम परिस्थितिमा आएको बजेट, विकासमुखी र महत्त्वकांक्षी – चेम्बर अध्यक्ष अग्रवाल


१७ जेष्ठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल चेम्बर अफ कर्मसका अध्यक्ष कमलेशकुमार अग्रवालले विषम परिस्थितिमा आएको आगामी आर्थिक वर्षको बजेट विकासमुखी र महत्वकांक्षी भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले शनिबार काठमाडौंमा आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘आगामी आवको बजेट लगानी प्रवर्धन गर्ने खालको आएको छ, उनले भने, ‘आइटी र प्रविधिलाई ध्यानमा राखिएकोमा खुसी छु, तीन प्रतिशत ब्याजमा युवालाई २० लाख रुपैयाँसम्म ऋण दिने नीति स्वागतयोग्य छ ।’

यो नीतिले विदेशिने युवाको सङ्ख्यामा कमी हुने विश्वास लिएको उनले बताए । पर्यटन क्षेत्रका लागि पनि बजेट राम्रो देखिएको अग्रवालले बताए । त्यसमा हवाई टिकटमा लाग्दै आएको कर हटाएको भए झन राम्रो हुने बताउँदै यसमा सरकारले ध्यान दिनुपर्ने अग्रवालको भनाइ छ ।

उनले चालु कर्जा उपलब्ध गराएकाले अर्थतन्त्रमा सुधार हुने विश्वास लिइएको बताए । अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नदीजन्य पदार्थ उत्खननका विषय पनि आएकाले यसमा निकै सजग हुनुपर्ने उनको भनाइ छ । भारततर्फ निर्यातमा पनि निकै समस्या भइरहेको बताउँदै उनले यसमा पनि सुधार गर्न आवश्यक रहेको बताए ।

यसैगरी राजश्वको स्रोतमा ध्यान दिन आवश्यक रहेको पनि चेम्बर अध्यक्ष अग्रवालले बताए । ठूला राष्ट्रबाट आउने अनुदानमा कमी आउने देखिँदा अर्थतन्त्रमा असर गर्ने पनि उनको भनाइ छ । यस्तै उनले व्यवसायमा सङ्कुचन भएको अवस्थामा पुनकर्जाको व्यवस्था गर्न आवश्यक रहेको बताउँदै यसबारे मौद्रिक नीतिबाट सम्बोधन हुनुपर्ने बताए ।

प्रकाशित मिति : १७ जेष्ठ २०८२, शनिबार  २ : ३८ बजे

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र