आईपीओ जारी गर्न नपाउँदा पुँजी अभाव– इप्पान अध्यक्ष कार्की « Khabarhub

आईपीओ जारी गर्न नपाउँदा पुँजी अभाव– इप्पान अध्यक्ष कार्की


१७ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वतन्त्र उर्जा उत्पादक संघ इप्पानका अध्यक्ष गणेश कार्कीले निजी क्षेत्रका आयोजना समयमा नसकिने अवस्था रहेको बताएका छन् ।

शनिबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा उनले आइपिओ जारी गर्न नपाउँदा पुँजी अभाव भएकाले सरकारले ध्यान दिनुपर्ने बताएका हुन् ।

‘ऊर्जा क्षेत्र अघि नबढ्ने हो कि भन्ने शङ्का छ । उत्पादनपछि मात्रै आईपीओ जारी गर्न पाउने नियमले समस्या हुने दखिएको छ । ६१ खर्ब आवश्यक पर्ने भनिएको छ । अहिले ३६५ वटा आयोजना लाइसेन्स लिएर बसेको अवस्था छ । ’ उनले भने ।

५६०० मेगावाट आयोजना लाइसेन्स लिएर बसेको र १७ हजार भन्दा बढी मेगावाट क्षमताका आयोजना रन अफ रिभरमा रहेको उनले बताए ।

‘चाहेको अवस्थामा मात्रै विद्युत् किन्ने नियमले उत्पादन हुने विद्युत खपत नहुन सक्छ । खनाल आयोगको सुझावले पनि केही समस्या रहेको छ ।’ उनले भने ।

प्रकाशित मिति : १७ जेठ २०८२, शनिबार  २ : ५३ बजे

राजनीति आकर्षक बन्दै जानु सकारात्मक भए पनि चुनौती कम छैनन् : चन्द्र भण्डारी

काठमाडौं– नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले राजनीति आकर्षक बन्दै जानु

नवलपरासीमा मतदाताको संख्या दुई लाख ५४ हजार

नवलपरासी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्या निर्वाचनका लागि

‘ल्होसारले समृद्ध मुलुक निर्माणमा ऊर्जा प्रदान गर्न सकोस्’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गुरुङ समुदायले मनाउने

पुस्ता फेरियो बद्री पंगेनीको गीत गुनगुनाउने फेरिएनन्…

काठमाडौं – सामाजिक सञ्जालका ‘मिम’ (जोक्स) पेजहरूमा अहिले एउटा पोस्ट

मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण

मुस्ताङ– प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिर दर्शन गरेर वैकल्पिक मार्ग