आईपीओ जारी गर्न नपाउँदा पुँजी अभाव– इप्पान अध्यक्ष कार्की « Khabarhub

आईपीओ जारी गर्न नपाउँदा पुँजी अभाव– इप्पान अध्यक्ष कार्की


१७ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वतन्त्र उर्जा उत्पादक संघ इप्पानका अध्यक्ष गणेश कार्कीले निजी क्षेत्रका आयोजना समयमा नसकिने अवस्था रहेको बताएका छन् ।

शनिबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा उनले आइपिओ जारी गर्न नपाउँदा पुँजी अभाव भएकाले सरकारले ध्यान दिनुपर्ने बताएका हुन् ।

‘ऊर्जा क्षेत्र अघि नबढ्ने हो कि भन्ने शङ्का छ । उत्पादनपछि मात्रै आईपीओ जारी गर्न पाउने नियमले समस्या हुने दखिएको छ । ६१ खर्ब आवश्यक पर्ने भनिएको छ । अहिले ३६५ वटा आयोजना लाइसेन्स लिएर बसेको अवस्था छ । ’ उनले भने ।

५६०० मेगावाट आयोजना लाइसेन्स लिएर बसेको र १७ हजार भन्दा बढी मेगावाट क्षमताका आयोजना रन अफ रिभरमा रहेको उनले बताए ।

‘चाहेको अवस्थामा मात्रै विद्युत् किन्ने नियमले उत्पादन हुने विद्युत खपत नहुन सक्छ । खनाल आयोगको सुझावले पनि केही समस्या रहेको छ ।’ उनले भने ।

प्रकाशित मिति : १७ जेठ २०८२, शनिबार  २ : ५३ बजे

कांग्रेसले आज देशभर पालिका अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसले आज देशभर पालिका तहको अधिवेशन गर्दैछ ।

सिद्धबाबा सुरुङमार्गः मङ्सिरभित्रै गाडी गुडाउने तयारी

पाल्पा – निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी मङ्सिरदेखि नै सवारी साधन

प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

भारी वर्षाको पूर्वानुमानपछि जोखिमयुक्त क्षेत्रमा सचेतना

काभ्रेपलाञ्चोक – सम्भावित भारी वर्षालाई दृष्टिगत गर्दै काभ्रेपलाञ्चोकका विभिन्न जोखिमयुक्त

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर