पानामामा भारतीय सांसद शशी थरुरले भने – भारतले आतंकवाद सहँदैन « Khabarhub

पानामामा भारतीय सांसद शशी थरुरले भने – भारतले आतंकवाद सहँदैन


१७ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको तल्लो सदन लोकसभाका सांसद शशी थरुरले पानामालाई आफ्नो मुलुक आतंकवादका विरुद्धमा अडिग रहेको जानकारी दिएका छन् । भारतले पाकिस्तानी भूमिमा रहेका आतंककारी पूर्वाधारलाई लक्षित गरी अपरेशन सिन्दुर सञ्चालन गरेको विषयमा जानकारी दिन हाल उनीसहित सांसदहरु अमेरिकी महादेशको भ्रमणमा छन् ।

उनले पानामाको संंसदका अध्यक्ष डाना कास्टानेडालाई आतंकवादविरुद्ध आफ्नो मुलुकको अडानबारे जानकारी दिएका हुन् । भारतीय समाचार संस्था एएनआईका अनुसार उनले अध्यक्ष कास्टानेडालाई आफ्नो मुलुकले युद्ध नचाहेको पनि जानकारी गराएका छन् ।

उनले युद्ध नचाहेपनि भारतले आतंकवादी गतिविधिलाई सहन गर्न नसक्ने समेत उल्लेख गरेका छन् । भारत प्रशासित जम्मु कश्मीरको पहलगाम क्षेत्रमा २६ जना पर्यटकको ज्यान जानेगरी भएको आतंककारी आक्रमणपछि भारतले पाकिस्तानी भूमिमा रहेका आतंकवादी पूर्वाधारलाई लक्षित गरी आक्रमण गरेको थियो ।

सांसद थरुरसँगको कुराकानीमा अध्यक्ष कान्टानेडाले आतंकवादका विरुद्धमा आफ्नो मुलुकमा कठोर कानुनको प्रबन्ध रहेको जानकारी गराएका थिए ।

प्रकाशित मिति : १७ जेठ २०८२, शनिबार  ३ : ५२ बजे

वन कार्यालय चितवनद्वारा जोखिमयुक्त रुखको तथ्याङ्क सङ्कलन

चितवन– डिभिजन वन कार्यालय, चितवनले गत आर्थिक वर्षमा सुरक्षा तथा

१२ किलो तौल घटेपछि चिन्नै गाह्रो, सोहेल खानलाई आखिर के भयो ?

बलिउडमा खान परिवारको नाम आउँदा सलमान खान र अरबाज खानको

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

गण्डकी– विद्यालय शिक्षा प्रणालीमा लामो समयदेखि थाती रहेका समस्या समाधानका

फेरि छोरीसहित अमेरिका उडे ‘धुर्मुस’

काठमाडौँ – हास्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ दुई महिनाको

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

बाँके- बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार