मन्त्री भण्डारीले गरे बाढीग्रस्त सडक क्षेत्रको निरीक्षण « Khabarhub

मन्त्री भण्डारीले गरे बाढीग्रस्त सडक क्षेत्रको निरीक्षण


१७ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले धनकुटाको बाढीग्रस्त सडक क्षेत्रको निरीक्षण गरेका छन् । 

कोशी प्रदेश सरकारको तर्फबाट आज स्थलगत निरीक्षण  गरी मन्त्री भण्डारीले सडक खुलाउने समन्वय गरेका हुन् । उनले स्थानीय प्रशासन र सरोकारवालासँग समन्वय गरेको बताए। उनका अनुसार आज साँझबाट नै एकतर्फी रुपमा धनकुटा धरानको सडक सञ्चालन हुनेछ। 

आज बिहान बाढीले मूलघाट नजिकै करिब ३० मिटर सडक बगाएपछि यातायात  अवरुद्ध भएको छ। कोशी प्रदेश सरकारले वर्षा र बाढीको समय सुरु भइसकेकोले सबैलाई सजग रहन आग्रह समेत गरेको मन्त्री भण्डारीले बताए। 

उनले विपद व्यवस्थापनका लागि प्रदेश सरकारले आवश्यक तयारी समेत गरेको जानकारी दिए।

प्रकाशित मिति : १७ जेठ २०८२, शनिबार  ४ : ४८ बजे

भिडियोले विवाद भएपछि सांसद सृष्टिको बाचा, ‘ट्राफिक नियम मान्छु, भविष्यमा यस्तो गर्दिनँ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सृष्टि भट्टराईले सामाजिक सञ्जालमा आफ्नो

संघसंगठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन निर्देशन

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाका सरकारी निकायमा कार्यरत कर्मचारीआबद्ध

सानिगाड हाइड्रोको स्थानीय सेयरमा गम्भीर अनियमितता, सनराइज क्यापिटलसँगको सेटिङमा प्रभावित क्षेत्रबाहिरका व्यक्तिको रजाइँ

काठमाडौं– बझाङ जिल्लाको बुंगल नगरपालिकामा सञ्चालित ३८.४६ मेगावाट क्षमताको माथिल्लो

घरजग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

काठमाडौं– देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा पाँच अर्ब

रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनी आक्रमण

मस्को– युक्रेनी ड्रोनले मंगलबार मस्कोस्थिततेल प्रशोधन केन्द्रमा प्रहार गर्दा आगलागी