रुससँग सीमा जोडिएका युक्रेनका ११ गाउँ खाली गर्न आदेश « Khabarhub

रुससँग सीमा जोडिएका युक्रेनका ११ गाउँ खाली गर्न आदेश


१७ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – रुससँग सीमा जोडिएको युक्रेनको सुमी क्षेत्रका अधिकारीहरूले बमबारीका कारण ११ वटा गाउँलाई अनिवार्य रूपमा खाली गर्न शनिबार आदेश दिएका छन्।

सुमीको प्रशासनले भनेको छ, ‘सीमावर्ती समुदायमा बमबारीका कारण नागरिकको जीवनमाथि निरन्तर खतरालाई ध्यानमा राख्दै यो निर्णय गरिएको हो।’ 

रुसको रक्षा मन्त्रालयले युक्रेनी भाषामा भोडोलाही भनिने अर्को सुमी गाउँ भोडोलागीलाई पनि आफ्नो सेनाले नियन्त्रणमा लिएको जनाएको छ । हालैका हप्ताहरूमा रुसले उत्तरपूर्वी क्षेत्रका धेरै गाउँहरू कब्जामा लिएको दाबी गरेको छ र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसै हप्ता मस्कोले सम्भावित आक्रमणको संकेतस्वरूप नजिकै ५० हजारभन्दा बढी सैनिकहरू जम्मा गरिरहेको बताएका थिए । 
 
युक्रेनको सीमा सुरक्षा सेवाका प्रवक्ता एन्ड्री डेमचेन्कोले बिहीबार रुसले सुमीमाथि ‘आक्रमण’ गर्न तयार रहेको बताएका थिए । गत वर्ष कुस्र्क क्षेत्रमा रुसी सीमामा प्रवेश गरेका युक्रेनी सैनिकसँग मस्कोको सेनाले लडेपछि रुसी सेनाको सङ्ख्या बढ्न थालेको उनले बताए । 

रुसले हालै कुस्र्कको लगभग सम्पूर्ण भूभाग आफ्नो नियन्त्रणमा लिएको छ । सन् २०२२ को फेब्रुअरीमा चौतर्फी आक्रमण सुरु गरेको रुसले युक्रेनको करिब २० प्रतिशत भूभाग आफ्नो नियन्त्रणमा राखेको छ । जारी द्वन्द्वका कारण दुवै पक्षका दशौँ हजार सैनिक र सर्वसाधारणको मृत्यु भएको छ ।

वासिङ्टनले युद्धविरामका लागि कूटनीतिक प्रयासको नेतृत्व गर्दै आएको छ, तर किएभ र मस्कोले एकअर्कालाई शान्ति नचाहेको आरोप लगाउँदै आएका छन् ।

मे १६ मा भएको वार्तापछि क्रेमलिनले सोमबार इस्तानबुलमा थप वार्ताको प्रस्ताव गरेको छ। किएभले इस्तानबुलको बैठकमा सहभागी हुने वा नहुनेबारे अहिलेसम्म केही बताएको छैन र उसले मस्कोलाई तत्काल आक्रमण रोकी युद्धविराम गर्न माग गरिरहेको छ । 

प्रकाशित मिति : १७ जेठ २०८२, शनिबार  ५ : ०० बजे

मुस्ताङका होटल र पसलमा अनुगमन

मुस्ताङ– जिल्ला सदरमुकाम जोमसोमका होटल तथा पसलमा छड्के बजार अनुगमन

रास्वपा महाधिवेशन : बालेनले भूपदेवलाई दिएका छन् नेता व्यवस्थापनको जिम्मेवारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन असार ७ गतेबाट चितवनमा

ओलीलाई गृहप्रदेशकै नेताहरूको सन्देश : पार्टी पुनर्गठन गरौँ, तपाईं नेतृत्वबाट बिदा हुनुस्

काठमाडौं– नेकपा एमालेले फागुन २१ गतेको निर्वाचनको लज्जास्पद हारबारे सुझाव

मलेसियाको आन्तरिक पर्यटन ११ प्रतिशतले बढ्यो

एजेन्सी– मलेसियामा सन् २०२५ मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव