जैमिनीमा एक सय ४० रोपनी बाँझो जग्गामा केराखेती « Khabarhub

जैमिनीमा एक सय ४० रोपनी बाँझो जग्गामा केराखेती


१७ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

गलकोट– बागलुङको दक्षिण भेगमा रहेको जैमिनी नगरपालिकाको कुश्मिसेरा क्षेत्र केराखेतीले प्रसिद्ध छ । हाल जिल्लाका बजारमा यही क्षेत्रको अधिकांश केरा आउने गरेको बताइन्छ । 

नगरपालिकाले कुश्मिसेरा क्षेत्रलाई केराको हब बनाउने उद्देश्यसहित बाँझो जग्गा उपयोगको नीति लिएको छ । त्यसका लागि चालु आर्थिक वर्षमा ‘सेरा जाउँ, केरा खाउँ’ नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ । उक्त कार्यक्रममार्फत रु १२ लाख लागतमा १४० रोपनी जग्गामा तीन हजार पाँच सय केराका बिरुवा लगाउने लक्ष्य छ । सोअनुसार ७० प्रतिशत प्रगति भइसकेको वडा नं १ का अध्यक्ष विष्णुप्रसाद आचार्यले जानकारी दिए। 

हाल वडा नं १ कुश्मिसेराको १४० रोपनी जग्गामा केराखेती विस्तारको काम भइरहेको छ । कुश्मिसेरामा उत्पादन हुँदै आएका स्थानीय जातको केरालाई नगरपालिकाले केरा पकेट क्षेत्रको रूपमा विकास गरेको वडाध्यक्ष आचार्यले बताए। 

कुश्मिसेराको फलाटे, भडारे र बिनामारेको केही स्थानमा धमाधम केराखेती विस्तार भइरहेको छ ।

 वडाध्यक्ष आचार्यले भने, ‘पछिल्लो समय केराबाट यहाँका किसानले लाभ उठाउँदै आएका छन् । नगरपालिकाले यसमा प्रोत्साहन गर्दा बाँझो जग्गा सदुपयोग भएको छ । आगामी दिनमा केरा विस्तारको कार्यक्रम निरन्तर सञ्चालन गरिने छ । धेरै मेहेनत गर्न नपर्ने तर नगद आम्दानी हुने भएकाले पनि यहाँका किसान यसतर्फ आकर्षित भइरहेका छन् ।  आर्थिक उपार्जन पनि राम्रै छ ।’

स्थानीय मतिप्रसाद शर्माले यहाँ किसानले केराखेतीबाट वार्षिक लाखौँ रकम भित्र्याउँदै आएको बताए। काँचो केरालाई होलसेलमा प्रतिदर्जन रु ७० मा बिक्री भइरहेको उनले जानकारी दिए । पाँच रोपनी जग्गामा केराखेती गर्दै आएका शर्माले केरा पकेट क्षेत्र विस्तारअन्तर्गत तीन रोपनी जग्गामा केराखेती विस्तार गरिएको बताए। 

यस्तै, सिँचाइ पूर्वाधारका लागि फलाटे कृषि समूहले ८५ प्रतिशत अनुदानमा सिँचाइको व्यवस्था मिलाएको छ । स्थानीय जातको केराखेती विस्तार र सिँचाइ पूर्वाधारमा नगरपालिकाको १२ लाख लगानी भए पनि किसानको श्रमदान जोड्दा रु १८ लाख पुगेको नगरपालिकाको कृषि शाखा प्रमुख सुवास सापकोटाले जानकारी दिए । फलाटे, भडारा र साना किसान समूहमा विमानमारे एक सय ४० रोपनी क्षेत्रफलमा बाँझो जग्गा सदुपयोग गरेर केराखेती विस्तार भइरहेको  उनले बताए।

‘केराखेती विस्तार गर्नेमा पहिलो चरणमा ५० भन्दा बढी किसान रहेका छन् । भाडारा, फलाटे, बिनामारे, वडारे, टार, टुनीवोट, खौरीकेस, मिरिघार र खौलालगायत गाउँमा खेराखेती विस्तार गरिएको छ’, सापकोटाले भने, ‘समुन्द्री सतहबाट छ सय मिटर मात्रै उचाइ रहेकाले जैमिनीघाट र कुश्मीसेरामा केराखेतीका लागि उपयुक्त हावापानी छ । वडा नं १ का एक हजारभन्दा बढी किसानले व्यावसायिक केराखेती गरेका छन् ।’

यहाँका किसानले ‘रामरेखा लोकल’, ‘झापाली मालुवा’ र ‘जी ९’ जातका केराको व्यावसायिक उत्पादन गरिरहेका छन् । 

प्रकाशित मिति : १७ जेठ २०८२, शनिबार  ५ : १७ बजे

बादलले बोलेका यी तीन शब्द रेकर्डबाट हटाउन लगाए सभामुखले

काठमाडौं- सभामुख डोलप्रसाद अर्यालले नेकपा एमाले संसदीय दलका नेता रामबहादुर

सरमत मिसाइल परीक्षणमा पुटिनको प्रशंसा

एजेन्सी– रुसले आफ्नो रणनीतिक क्षमतामा ठूलो उपलब्धि हासिल गरेको दाबी

हर्क भन्छन् : प्रधानमन्त्रीले संसद्‍बाट जनताका प्रश्नको उत्तर दिनु पर्छ

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्लाई औपचारिकतामा मात्रै

सांसद थापाको असंसदीय शब्द रेकर्डबाट हटाउन निर्देशन

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले नेकपा (एमाले)का संसदीय दलका नेता रामबहादुर

९ वर्षपछि ठूलो पर्दामा गरिमाको ‘कम ब्याक’, भुवनसँग जोडी

काठमाडौं – चरित्र नायिकाको छवि बनाएकी गरिमा शर्मा ९ वर्षको