यस वर्ष भारतमा १५ विदेशी विश्वविद्यालयले क्याम्पस खोल्ने « Khabarhub

यस वर्ष भारतमा १५ विदेशी विश्वविद्यालयले क्याम्पस खोल्ने


१७ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यस वर्ष भारतमा विभिन्न विदेशी विश्वविद्यालयले क्याम्पस खोल्ने भएका छन् । भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले यसबारे जानकारी दिएका हुन् ।

उनका अनुसार विभिन्न विदेशी विश्वविद्यालयले भारतमा क्याम्पस खोलेर विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितको क्षेत्रमा अध्यापन गराउने योजना बनाएका छन् । गत सोमबार मात्रै बेलायतको लिभरपुल विश्वविद्यालयले बैंङ्गलुरुमा क्याम्पस खोल्ने अनुमति पाएको छ ।

यस वर्षमात्रै अरु ४ विदेशी विश्वविद्यालयले भारतमा शाखा खोल्ने अनुमति पाइसकेका छन् । त्यसबाहेक युनिभर्सिटी अफ साउथह्याम्पटनले पनि यसै वर्ष भारतमा क्याम्पस खोल्ने तयारी गरिरहेको न्यू इण्डियन एक्सप्रेसले जनाएको छ ।

शिक्षामन्त्री प्रधानले सन् २०४७ सम्म भारतलाई विकसित बनाउनका लागि शिक्षा क्षेत्रलाई विशेष महत्व दिनुपर्ने उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १७ जेठ २०८२, शनिबार  ७ : ४७ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका