च्याम्पियनसिपको उपाधिका लागि पिएसजी र इन्टर भिड्दै « Khabarhub

च्याम्पियनसिपको उपाधिका लागि पिएसजी र इन्टर भिड्दै


१७ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युइएफए च्याम्पियनसिपको उपाधिका लागि फ्रेन्च क्लब पेरिस सेन्टजर्मेन (पिएसजी) र इटालियन क्लब इन्टर मिलानबीच आज प्रतिस्पर्धा हुँदै छ । नेपाली समयअनुसार राति १२ः४५ बजे दुई टोलीबीचको उपाधि भिडन्त सुरु हुनेछ ।

युरोपेली फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता च्याम्पियन लिगको फाइनल जर्मनीको म्युनिख एलियान्ज एरिनामा हुनेछ ।

यसअघि नकआउट चरणमा लिभरपुललाई हराउँदै पिएसजीले फाइनलमा स्थान सुरक्षित गरेको थियो ।पिएसजी यसअघि २०२० मा फाइनल पुगेको थियो । त्यसबेला फाइनलमा बायर्न म्युनिखसँग पराजित भएको पिएसजीले उपविजेतामा चित्त बुझाउनु परेको थियो । यसपटक प्रशिक्षक लुइस एनरिकको नेतृत्वमा रहेको टोलीले लिग १ र फ्रेन्च कप जित्दै उत्कृष्ट प्रदर्शन गरेको छ।

च्याम्पियन्स लिगको यात्रामा पिएसजीले लिभरपुल, एस्टन भिला, र आर्सनल जस्ता सशक्त मानिएका टोलीलाई पराजित गरेका थियो । यो उपाधि जितेमा पिएसजीको पहिलो युरोपेली च्याम्पियन्स लिग उपाधि हुनेछ।

यस्तै इन्टर मिलानले यसअघि तीन पटक (१९६४, १९६५, २०१०) च्याम्पियन्स लिग जितेको छ। यसपटक, प्रशिक्षक सिमोने इन्जाघीको नेतृत्वमा, इन्टरले फेएनोर्ड, बायर्न म्युनिख, र बार्सिलोनालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो। सेमिफाइनलमा बार्सिलोनासँग ६–६ को समग्र स्कोरपछि अतिरिक्त समयमा डाभिडे फ्राट्टेसीको गोलले इन्टरलाई फाइनलमा पुर्‍याएको थियो।

प्रकाशित मिति : १७ जेठ २०८२, शनिबार  ९ : ४० बजे

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र

साउदी अरबमा ब्यालिस्टिक क्षेप्यास्त्रको भग्नावशेष खस्दा एक जना घाइते

एजेन्सी– साउदी अरबको दक्षिणी क्षेत्रमा रहेको असीर क्षेत्रमा रोकिएको ब्यालिस्टिक