आज २०८२ साल साउन १५ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८२ साल साउन १५ गते बिहीबारको राशिफल


१५ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल साउन १५ गते बिहीबार। साउन शुक्ल पक्षको सप्तमी तिथि। खीर खाने दिन। तुलसीदास जन्मजयन्ती। तदनुसार सन् २०२५ जुलाई ३१ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। लगानीबाट नाफा हुनेछ। परिवारले भन्दा बाहिरका व्यक्तिले सम्मान गर्नेछन्। शिक्षामा सुधारका संकेत देखिने छन्। बन्धुबाट साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : दिन राम्रो छ। आम्दानी बढ्नेछ। साथीको साथ मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुने योग छ।

मिथुन : दिन सामान्य छ। आफन्त टाढा हुनेछन्। सम्पत्ति आर्जन हुनेछ। धार्मिक शिक्षामा समय बिताउँदा फाइदा हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।

कर्कट : दिन राम्रो छ। कृषिको व्यापारबाट नाफा हुनेछ। सम्पत्तिको पछाडि लााग्दा स्वास्थ्यमा समस्या हुनेछ। दाम्पत्य जीवनमा खटपटी बढे पनि साथीको साथ मिल्नेछ।

सिंह : दिन राम्रो छ। शुभग्रहको बहुमत रहेकाले सोचेको काम बन्नेछ। राजनीतिक क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। निजी शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ।

कन्या : दिन राम्रो छ। धनलक्ष्मी योग परेकाले गुम्न लागेको धन फिर्ता हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने आवश्यकता छ। राजनीतिमा विपक्षीको घेराबन्दी हुनेछ।

तुला : दिन राम्रो छ। मन प्रशन्न बन्नेछ। सम्मान प्राप्त हुनेछ। गुरुको साथ र सहयोगका लगि थप नम्रताको खाँचो छ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारको साथमा सुखद् यात्रा हुनेछ।

वृश्चिक : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। स्वास्थ्यमा ख्याल नगर्ने बानीले समस्या हुनेछ। शिक्षा र राजनीतिमा गरेको प्रयास सफल बन्नेछ। परिवारभित्र गोपनीयता सुरक्षित गर्नु उचित हुन्छ।

धनु : मनमा चिन्ता बढ्नेछ। व्यवहारमा अवरोध हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाको क्षेत्रमा महत्त्वपूर्ण अवसर प्राप्त हुनेछ। परिवारमा मेलमिलाप बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

मकर : दिन राम्रो छ। नयाँ साथीसँगको भेटले दीर्घकालीन योजना बन्नेछन्। दाम्पत्य जीवनमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ।

कुम्भ : दिन सामान्य छ। अन्त्य साढेसाती भए पनि शुभग्रहको बहुमत छ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। विपक्षी साथीसँग सहकार्य हुनेछ। व्यापारमा लगानीको हिम्मत गर्नु उचित हुन्छ।

मीन : सानो कुराले मनमा खटपटी बढ्नेछ। मध्य साढेसातीका कारण अप्ठेरो शब्द उच्चारण हुने जोखिम छ। बोल्दा तीन पटक सोच्नुपर्ने छ। शिक्षा र रोजगारीका क्षेत्रमा तपाईंका ग्रह बलवान छन्।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार  ५ : ०५ बजे

आठ घण्टा पर्खिँदा पनि मृतक गणेश यादवको घर पुगेनन् गृहमन्त्री, लहानको होलटमै अलमलिए

सिरहा – सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश

साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ

काठमाडौं – साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच