कृषिसहित पाँचवटा संसदीय समितिका बैठक बस्दै « Khabarhub

कृषिसहित पाँचवटा संसदीय समितिका बैठक बस्दै


१५ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न पाँचवटा संसदीय समितिका बैठक बस्दैछन् । आज (बिहीबार) कानून, न्याय तथा मानवअधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवको आयोजनाहरूको कार्यान्वयन प्रगति अवस्था, समस्या, समस्या समाधानका लागि भएका प्रयास र समितिसँगको अपेक्षाका विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान साढे ११ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री, भूमि आयोगका पदाधिकारी, भूमि वन तथा कानून क्षेत्रका विज्ञ व्यक्तित्वहरूसँग छलफल हुनेछ ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान साढे ११ बजे समितिको हल सिंहदरबारमा बस्नेछ । बैठकमा मधेस प्रदेशलगायत देशका विभिन्न क्षेत्रमा देखिएको खानेपानी समस्याको समाधानका लागि मन्त्रालयबाट भएका कामकारबाहीका बारेमा छलफल गर्ने कार्यक्रम छ ।

कानून, न्याय तथा मानवअधिकार समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा मानवअधिकार सम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना (आ.व. २०८२÷०८३–२०८६÷०८७) सम्बन्धी सुझावको मस्यौदा र नेपाल कानून व्यवसायी परिषद (दोस्रो संशोधन) विधेयक, २०८१ को दफावार छलफल गर्ने कार्यसूची छ ।

यसैगरी दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल गर्ने तयारी छ ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार  ६ : ४५ बजे

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौँ –  आज २०८३ साल वैशाख २० गते आइतबार। जेठ

आज २०८३ साल वैशाख २० गते आइतबारको राशिफल  

काठमाडौँ –  आज २०८३ साल वैशाख २० गते आइतबार। जेठ

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं – केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

एक हजार ५९५ पदाधिकारी एकैपटक पदमुक्त : कुन क्षेत्रमा कति ? (विवरणसहित)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त

‘मेरो स्कुल’ कृति सार्वजनिक

काठमाडौं – लेखिका मीना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक