क्यानको बोर्ड बैठक मूलपानीमा : एनपीएलको हिसाबकिताब मुख्य एजेन्डा « Khabarhub

क्यानको बोर्ड बैठक मूलपानीमा : एनपीएलको हिसाबकिताब मुख्य एजेन्डा


१५ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठक मूलपानीमा बसिरहेको छ।

यस बैठकमा लामो समयदेखि अल्झिएको नेपाल प्रिमियर लिग (एनपीएल) को हिसाबकिताबबारे कुरा हुँदैछ ।

क्यानका एक पदाधिकारीका अनुसार एनपीएलको पारदर्शितालाई लिएर प्रश्न उठिरहेका बेला यसबारे बैठकमा कुरा हुनेछ ।

क्यानको केन्द्रीय कार्यालय, मूलपानीमा बिहीबार बिहानदेखि बैठक चलिरहेको छ । बैठकका लागि क्यानले मंगलबार नै एजेन्डा पठाएको थियो।

‘यो बैठक एनपीएलको पहिलो सिजनको हिसाब किताबमा केन्द्रित भएको छ’, ती पदाधिकारीले भनेका छन् ।

यसअघि गत जेठमै उपाध्यक्ष रोशन सिंह र सात बोर्ड सदस्यहरूले एनपीएलको हिसाबकिताब बुझाउन माग गर्दै क्यानमा निवेदन दिएका थिए ।

क्यान अध्यक्ष चतुरबहादुर चन्दलाई पत्र लेख्दै उनीहरूले एनपीएलको हिसाब किताब बोर्डले माग्दासमेत पाउन नसकेको बताएका थिए । हिसाब बोर्डबाट अनुमोदनसमेत नभएको गुनासो उनीहरूको थियो ।

क्रिकेटमा गुटबन्दी, अपारदर्शिता र क्षेत्रीय असन्तुलन बढेको आरोप पनि उनीहरूले लगाएका थिए । विकास, समावेशिता, पारदर्शिता र निष्पक्षता सुनिश्चित गर्नसमेत त्यहीबेला उनीहरूले माग गरेका थिए ।

‘नेपाल क्रिकेट संघभित्रको हालको कार्यशैलीले निष्पक्ष, पारदर्शी र समावेशी प्रणालीको सम्मान नगरेको देखिन्छ । यसले नेपाली क्रिकेटको दीर्घकालीन हितमा प्रतिकूल असर पार्न सक्छ,’ उनीहरूले भनेका थिए ।

त्यसबेला पत्र बुझाउनेमा सिंहसहित बोर्ड सदस्य माधव कर्माचार्य, प्रदीप माजगैँया, दुर्गाराज पाठक, विक्रम विष्ट, वीरेन्द्र चन्द, अर्जुन पौडेल र जयन्ती भट्टसहित थिए ।

क्यानकै पदाधिकरीले समेत हिसाब देखाउन दबाब दिइरहेका बेला मंगलबार मूलपानीमा बोर्ड बैठक बसेको हो । बैठकमा अध्यक्ष चन्द र सचिव पारस खड्कासहितका पदाधिकारी र सदस्य सहभागी छन् ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार  १२ : ११ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको