क्यानको बोर्ड बैठक मूलपानीमा : एनपीएलको हिसाबकिताब मुख्य एजेन्डा « Khabarhub

क्यानको बोर्ड बैठक मूलपानीमा : एनपीएलको हिसाबकिताब मुख्य एजेन्डा


१५ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठक मूलपानीमा बसिरहेको छ।

यस बैठकमा लामो समयदेखि अल्झिएको नेपाल प्रिमियर लिग (एनपीएल) को हिसाबकिताबबारे कुरा हुँदैछ ।

क्यानका एक पदाधिकारीका अनुसार एनपीएलको पारदर्शितालाई लिएर प्रश्न उठिरहेका बेला यसबारे बैठकमा कुरा हुनेछ ।

क्यानको केन्द्रीय कार्यालय, मूलपानीमा बिहीबार बिहानदेखि बैठक चलिरहेको छ । बैठकका लागि क्यानले मंगलबार नै एजेन्डा पठाएको थियो।

‘यो बैठक एनपीएलको पहिलो सिजनको हिसाब किताबमा केन्द्रित भएको छ’, ती पदाधिकारीले भनेका छन् ।

यसअघि गत जेठमै उपाध्यक्ष रोशन सिंह र सात बोर्ड सदस्यहरूले एनपीएलको हिसाबकिताब बुझाउन माग गर्दै क्यानमा निवेदन दिएका थिए ।

क्यान अध्यक्ष चतुरबहादुर चन्दलाई पत्र लेख्दै उनीहरूले एनपीएलको हिसाब किताब बोर्डले माग्दासमेत पाउन नसकेको बताएका थिए । हिसाब बोर्डबाट अनुमोदनसमेत नभएको गुनासो उनीहरूको थियो ।

क्रिकेटमा गुटबन्दी, अपारदर्शिता र क्षेत्रीय असन्तुलन बढेको आरोप पनि उनीहरूले लगाएका थिए । विकास, समावेशिता, पारदर्शिता र निष्पक्षता सुनिश्चित गर्नसमेत त्यहीबेला उनीहरूले माग गरेका थिए ।

‘नेपाल क्रिकेट संघभित्रको हालको कार्यशैलीले निष्पक्ष, पारदर्शी र समावेशी प्रणालीको सम्मान नगरेको देखिन्छ । यसले नेपाली क्रिकेटको दीर्घकालीन हितमा प्रतिकूल असर पार्न सक्छ,’ उनीहरूले भनेका थिए ।

त्यसबेला पत्र बुझाउनेमा सिंहसहित बोर्ड सदस्य माधव कर्माचार्य, प्रदीप माजगैँया, दुर्गाराज पाठक, विक्रम विष्ट, वीरेन्द्र चन्द, अर्जुन पौडेल र जयन्ती भट्टसहित थिए ।

क्यानकै पदाधिकरीले समेत हिसाब देखाउन दबाब दिइरहेका बेला मंगलबार मूलपानीमा बोर्ड बैठक बसेको हो । बैठकमा अध्यक्ष चन्द र सचिव पारस खड्कासहितका पदाधिकारी र सदस्य सहभागी छन् ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार  १२ : ११ बजे

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मी– पछिल्लो समय गुल्मीमा काठका भाँडा बनाउँदै आएका चुँदारा समुदायको

भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

बागलुङ– गए रातिदेखि भएकाे वर्षासँगैको हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सिन्धुली– दुधौली नगरपालिका–१० खत्रीचोकको भित्री सडकमा आज बिहान भएको मोटरसाइकल

सर्लाही-४ : गगनलाई सघाउन सांसद उम्मेवारसहित चार वडाध्यक्ष कांग्रेसमा प्रवेश

सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही क्षेत्र नम्बर

एउटै गाउँबाट दैनिक १७ सय लिटर दूध उत्पादन

तनहुँ– मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा कमाउन