१५ वर्षीया किशोरीको हत्या, प्रेमिका पूर्वपतिसँग नजिकिँदा भयो घटना | Khabarhub Khabarhub

१५ वर्षीया किशोरीको हत्या, प्रेमिका पूर्वपतिसँग नजिकिँदा भयो घटना


१५ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जनकपुरधाममा १५ वर्षीया किशोरीको हत्या आरोपमा धनुषा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । 

धनुषाको बटेश्वर गाउँपालिका ५ घर भई जनकपुरधाम उपमहानगरपालिका– ४, कटैयाचौरीस्थित डेराको कोठामा बस्दै आएकी १५ वर्षीया अञ्जली कुमारी यादवको हत्या आरोपमा उनकै आमाको प्रेमीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेका छन् ।

बिहीबार जिल्ला प्रहरी कार्यालय धनुषामा आयोजित पत्रकार सम्मेलनमा हत्या आरोपमा पक्राउ परेका क्षीरेश्वरनाथ नगरपालिका ९, ईच्छापुर बस्ने ३५ वर्षीय रामबाबु साहलाई सार्वजनिक गरिएको हो ।

साहलाई बुधबार राति करिब साढे १० बजेको समयमा क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर– ९ बाट पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वरुणबहादुर सिंहले जानकारी दिए । साह यसअघि आफ्नो श्रीमतीको हत्या गरेको घटनामा पाँच वर्ष सजाय काटेर २०७७ मा रिहा भएका थिए ।

साहले सोमबार राति साढे ११ बजेको समयमा खुकुरी प्रहार गर्दा अञ्जलीको मृत्यु भएको छ भने उनको आमा ३५ वर्षीया आशा यादव र मिथिला नगरपालिका १, ढल्केवर बस्ने होविन्द्र यादवको १४ वर्षीया छोरी राशा यादव घाइते भएका थिए । 

आशाको धरानस्थित बीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको तथा उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएका छन् ।

प्रेमीका पुरानो श्रीमानसँग नजिकिँदा घट्यो घटना

जनकपुरधाममा १५ वर्षीया किशोरीको हत्याको घटनामा भने उनको आमा प्रमुख कारण देखिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

प्रवक्ता सिंहका अनुसार आरोपित साह सजाय काटेर रिहा भएको १–२ महिनापछि दोस्रो विवाह गरेर गाउँमै बस्दै आएका थिए । सोही क्रममा मदिरा पसल सञ्चालन गरेकी आशासँग उनको चिनजान हुँदै प्रेम सम्बन्धमा परेका थिए । 

‘आशाको श्रीमानलाई दुवै जनाको अवैध सम्बन्धको बारेमा थाहा भएपछि सो सम्बन्धमा दुवै पक्ष गाउँमा बसी छलफल हुँदा आशा रामबाबुसँग बस्ने सम्झौता भएको थियो’, उनले अगाडि भने, ‘श्रीमानले नै दुई छोरा र एक छोरीको हेरचार गर्ने सहमति भएपछि दुवै जना छुट्टा छुट्टै बस्दै आएका थिए ।’

आशाको सुरुमा आर्थिक अवस्था कमजोर रहेकोमा पछि आर्थिक अवस्था सुध्रिँदै जाँदा रामबाबुसँग टाढिन थालेको र पुरानै श्रीमानसँग नजिकिन थालेपछि रामबाबुले हत्याको घटना निम्त्याएको प्रहरी समक्ष बयान दिएको छ । 

आशाले आर्थिक अवस्था सबल हुँदै गएपछि रामबाबुको फोन नउठाउने, जनकपुरमा रुम लिएर बस्दै आएकोमा रामबाबुलाई जानकारी नदिई रुम फेरिने, रामबाबुको श्रीमतीलाई म्यासेज गरेर घरमा झगडा लगाइदिने जस्ता कामहरू गर्दै आएको रामबाबुले प्रहरी समक्ष बयान दिएको छ ।

घटनाभन्दा करिब २ महिना अघि रामबाबुले आशालाई जिविकोपार्जनका लागि अटो खरिद गरिदिएकोमा त्यो अटो आफ्नो भाइको नाममा नामसारी गराएको र रामबाबु सँगै बस्ने कोठा सारेर आफ्नो श्रीमानलाई समेत ल्याएको खुलेको हो ।

घटनाको दिन समेत रामबाबुले पटक–पटक आशालाई फोन गर्दा आफू नउठाई छोरी अञ्जलीलाई दिएको र एक पटक कुरा भएपछि गाली गलौच गरेपछि रिसमा आएर गाली गर्दै आशा बस्ने कोठामा घरबाटै खुकुरी लिएर आई प्रहार गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार  १२ : ५१ बजे

यस्तो छ बीपी राजमार्गको अवस्था (तस्बिरहरू)

काठमाडौं – सरकारले बाढीबाट क्षतिग्रस्त बीपी राजमार्गको आपतकालीन पुनर्स्थापनाका लागि

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

पेट्रोल सस्तियो, डिजल र मट्टितेल महँगियो

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा फेरबदल गरेको छ।

गाजामा २४ घण्टामा १११ जना मारिए : अमेरिकी दूतको भ्रमणपछि युद्ध विरामको सम्भावना

काठमाडौं – मध्यपूर्वका लागि अमेरिकी दूत स्टिभ विटकोफले गाजाको भ्रमण

म्याग्दीका ३३८ घरमा खानेपानी सुविधा विस्तार

म्याग्दी– मालिका गाउँपालिका–२ मा यस वर्ष निर्माण भएका तीन वटा