संसद्को शक्ति डिजिटल पहुँच र जनविश्वासमा निहित छ : सभामुख घिमिरे « Khabarhub

संसद्को शक्ति डिजिटल पहुँच र जनविश्वासमा निहित छ : सभामुख घिमिरे


१५ श्रावण २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सभामुख देवराज घिमिरेले संसद्को शक्ति डिजिटल पहुँच र जनविश्वासमा निहित रहेको बताएका छन् ।

जेनेभा, स्विट्जरल्याण्ड यही साउन १३ गतेदेखि १५ गते (२९–३१ जुलाई २०२५) सम्म भइरहेको संसद्का सभामुखको छैटौँ विश्व सम्मेलनमा सभामुख घिमिरेले संसद्को शक्ति डिजिटल पहुँच र जनविश्वासमा निहित रहेको बताए।

सभामुख घिमिरले ‘हाम्रो डिजिटल भविष्य निर्माणमा संसद्हरूको भूमिका के हुनसक्छ ?’ भन्ने विषयमा बोल्दै भने, ‘आज संसद्को शक्ति केवल शब्दमा मात्र होइन, डिजिटल पहुँच र जनविश्वासमा निहित रहेका छ ।’

प्रविधि क्षेत्रमा बजेट वृद्धिलाई प्राथमिकता दिन अत्यन्त जरूरी भएको र डिजिटल पूर्वाधार, साइबर सुरक्षा, इन्टरनेट साक्षरता र डेटा सुरक्षामा स्रोत सुनिश्चित गर्न सक्नुपर्ने उल्लेख गर्दे उनले ती व्रडिजिटल परिवर्तनको युगमा संसद् पछाडि मात्र लाग्ने नभई अग्रसर हुने संस्था बन्नुपर्ने बताए।

‘सामाजिक सञ्जाल र डिजिटल माध्यममार्फत सांसदहरूले सीधै नागरिकसँग संवाद गर्न, उनीहरूको प्रतिक्रिया लिन रजनमतलाई नीति निर्माणमा समावेश गर्न सक्षम भएका छन,’ उनले भने, ‘तर गलत सूचना, भ्रमपूर्ण प्रचारजस्ता प्रविधिको दुरुपयोगका समस्या बढ्दै गएका छन् । संसद्हरूको काँधमा प्रविधि प्रयोगसँगै डिजिटल साक्षरता प्रवर्द्धन गर्ने जिम्मेवारी रहेको छ ।’

सभामुख घिमिरेले संसद्हरूले मेसिन लर्निङ, डेटासेन्टर, डिजिटाइजेशन, स्पीच (टु-टेक्स्ट प्रविधिको अभ्यास गरेर संसदको कार्यप्रणालीलाई अझ प्रभावकारी बनाउन सकिने र यस्ता प्रविधिले जनसाधारणसँग संसद्को सम्बन्ध अझ बलियो बनाउने विश्वास व्यक्त गरे ।

‘नेपालमा आधुनिक प्रविधिमा आधारित भएर निर्माण भइरहेको सङ्घीय संसद्मा हामी कृत्रिम बुद्धिमत्ताको प्रयोग विधायन व्यवस्थापनमा गर्नेबारे अध्ययन भइरहेको जानकारी गराउन चाहन्छु’, सभामुख घिमिरेले भने, ‘नेपालमा हामीहाले कृत्रिम बुद्धिमत्तासम्बन्धी विधेयक र सामाजिक सञ्जालसम्बन्धी विधेयकमाथि काम गरिरहेका छौँ ।’

उनले डिजिटल प्रविधिले संसद्को कार्यसञ्चालनमा पारदर्शिता, कार्यकुशलता र जनसहभागिता अभिवृद्धि गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको जानकारी गराए । अनलाइन प्रसारण, ई संसद् प्रणाली, डिजिटल अभिलेख तथा इलेक्ट्रोनिक मतदान प्रणालीजस्ता प्रविधिले संसद्को कामकाजलाई आधुनिक, प्रभावकारी र सबैका लागि पहुँचयोग्य बनाएको छन् ।

 आजका दिनमा विश्वका सबैभन्दा ठूला कम्पनी प्रविधि क्षेत्रमै आधारित छन् । यसको अर्थ अबको युग प्रविधिबिना अघि बढ्न सक्दैन भन्ने हो ।
 

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहिबार  १२ : ५२ बजे

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा