शंकर पोखरेल भन्छन्- जमिन बाँझै छाडेर युवा विदेशिने अवस्था बदल्नुपर्छ « Khabarhub

शंकर पोखरेल भन्छन्- जमिन बाँझै छाडेर युवा विदेशिने अवस्था बदल्नुपर्छ


१५ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नयाँ पुस्तालाई कृषि पेसामा संलग्न गराउनु पर्ने बताएका छन् । 

राष्ट्रिय युवा सङ्घ नेपालद्वारा आयोजित एक महिने बृहत् रक्तदान अभियानको बिहीबार शुभारम्भ गर्दै खीर खाने कार्यक्रममा समेत सहभागी भइ उहाँले कृषि क्षेत्रको रूपान्तरण गर्न नसकेमा  देशको विकास हुन नसक्ने बताए।

‘जमिन बाँझै रहने, युवा रोजगारीको खोजीमा विदेश जाने अवस्थालाई बदल्ने संकल्प हामीले गर्नुपर्दछ, नेपालमा ठुलो सङ्ख्यामा युवालाई रोजगारीमा समेट्ने कृषि क्षेत्र नै हो’, उनले भने। 

महासचिव पोखरेलले कृषि पेसालाई व्यावसायिक रुपमा विस्तार गर्न नसक्दा नयाँ पुस्ता कृषि कर्ममा जोडिन नसकेको बताए । त्यसैले अब नयाँ पुस्तालाई कृषिमा संलग्न गराउने विषय युवा आन्दोलनको साझा विषय बन्नुपर्नेमा उनले जोड दिए। 

युवा सङ्घका अध्यक्ष क्षितिज थेवेले युवालाई कृषिमा संलग्न गराउन सङ्घले योजना बनाएको बताए।
 

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार  १२ : ५८ बजे

भैरहवामा दुई करोड ५१ लाख मूल्यका दुई किलोभन्दा बढी सुनका गरगहना बरामद

रूपन्देही– सिद्धार्थनगर नगरपालिका–१ शान्तिगेटस्थित जाँचकक्षबाट सशस्त्र प्रहरीले दुई करोड ५१

पोखराको फिर्के खोला किनारमा फेरि चल्यो डोजर, ५६ संरचना भत्काइँदै (तस्बिरहरू)

 पोखरा– फिर्के खोलामा बनेका संरचना भत्काउन पोखरा महानगरपालिकाले यसअघि थालेको अभियानलाई

‘पार्टीभित्र कुनै अन्तर्विरोध छैन, वर्तमान सरकार ५ वर्षसम्म चल्छ, असफल हुने छुट छैन’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार

प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूतको भेट, नेपाल–अष्ट्रेलिया सहकार्यमा जोड

काठमाडौं –प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले भेट गरेका

राजकुमार राव र श्रद्धा कपुर अभिनीत चर्चित हरर-कमेडी फिल्म ‘स्त्री-३’ २०२८ मा 

काठमाडौं– ‘स्त्री’ र ‘स्त्री २’ बाट दर्शकलाई डर र हाँसोको