भन्सार क्षेत्रमा ट्राफिक सुधारका लागि सरोकारवाला एकजुट « Khabarhub

भन्सार क्षेत्रमा ट्राफिक सुधारका लागि सरोकारवाला एकजुट


१५ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

भैरहवा– नेपाल भन्सार एजेन्ट संघ सिद्धार्थनगरको आयोजनामा ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ। भैरहवा भन्सार कार्यालयको प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा भन्सार क्षेत्र र सीमाक्षेत्रमा ट्राफिक व्यवस्थापनका समस्या तथा समाधानमाथि विस्तृत छलफल गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि तथा भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले भन्सार क्षेत्रमा अनावश्यक भिडभाड नियन्त्रण गर्न सरोकारवाला निकायहरूबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे।

कार्यक्रमका प्रशिक्षक तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी निरीक्षक रन्जु के।सी।ले भन्सार विन्दुबाटै ट्राफिक नियमको कडाइका साथ पालना हुनुपर्ने बताए।

 उनले सीमाक्षेत्रमा सञ्चालन भइरहेका भारतीय ट्याक्सीहरूको व्यवस्थापन तथा अव्यवस्थित पार्किङ सुधारका लागि ट्राफिक प्रहरीले आवश्यक कदम चालिरहेको जानकारी गराए।

कार्यक्रममा भन्सार एजेन्ट संघले सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनमा सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ।

कार्यक्रममा ट्राफिक प्रहरी, भैरहवा भन्सार कार्यालयका कर्मचारी, सञ्चारकर्मी, सशस्त्र प्रहरी, ट्याक्सी व्यवसायी संघ, बेलहिया गाउँ समाज, रेडक्रस सोसाइटी बेलहिया शाखा, लुम्बिनी खुकुरी क्लब, नेपाल भारत मैत्री संघ, बेलहिया माध्यमिक विद्यालय, सोटो नेपाल, गृहलक्ष्मी समूह, आमा समूहहरू, आफन्त नेपाल, ज्ञानपथ आमा समूह, भूपू सैनिक संघलगायत दर्जनौँ संघसंस्थाका प्रतिनिधिको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमले सीमावर्ती क्षेत्रको ट्राफिक चुनौती समाधानमा सबै पक्षको साझा प्रयास आवश्यक रहेको सन्देश दिएको छ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार  १ : १५ बजे

विश्वकपमा मेसी : बने सबैभन्दा धेरै गोल गर्ने खेलाडी, हाने १७ गोल

काठमाडौँ । विश्वकपमा अर्जेटिनाका कप्तान लियोनल मेस्सीले रेकर्ड ब्रेक गरेका

पेनाल्टी ‘मिस’ हुँदा ऐतिहासिक कीर्तिमान बनाउन चुके मेसी

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकप २०२६ मा

लिची बगैँचाबाट वार्षिक लाखौँ आम्दानी गर्दै राई

भोजपुर – भोजपुरको पौवादुङमा गाउँपालिका– ४ बास्तिमका वडाध्यक्ष रमेश राई

वैदेशिक रोजगार विभागको दैनिक प्रगति: २६ नयाँ जाहेरी दर्ता, ७ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगार विभागले मिति २०८३ असार ८ गतेको

दुई समस्याग्रस्त सहकारीका ८२ जना बचतकर्ताको रकम फिर्ता

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र आइडियल