भत्ता खाने नागरिक खोज्दै शहर पस्यो महावै गाउँपालिका « Khabarhub

भत्ता खाने नागरिक खोज्दै शहर पस्यो महावै गाउँपालिका


१५ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कालीकोटको महावै गाउँपालिकाले शहर पसेका भत्ता खाने नागरिक खोजी गरेको छ । गाउँपालिकाले भत्ता खाने नागरिकका लागि सुर्खेतमा वायोमेट्रिक शिविर सञ्चालन गरेको हो ।

कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेतमा बस्ने वृद्ध आमा–बुबाको सहजताका लागि भन्दै एक हप्ते वायोमेट्रिक शिविर सञ्चालन गरेको छ । शिविर साउन १२ गतेदेखि १९ गतेसम्म सञ्चालन हुनेछ । 

सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरणका लागि शिविर सञ्चालन गर्न लागेको गाउँपालिकाले जनाएको छ । 

विगतमा सामाजिक सुरक्षा भत्ता लिनका लागि नवीकरण गरे मात्रै पुग्ने गरेको यो वर्षदेखि बायोमेट्रिक अनिवार्य गर्नु पर्ने भएकाले गाउँपालिकाले सुर्खेत, बर्दिया बाँके र कैलालीमा बस्ने वृद्धवृाद्धाहरुका लागि सुर्खेतमा शिविर राखिएको शिविरका सम्पर्क व्यक्ति मनराज कार्की बताए । 

‘अहिले व्यक्ति नै उपस्थित हुनुपर्छ,’ उनले भने,‘सामाजिक सुरक्षा लिने वृद्धवृाद्धाहरु सबै गाउँमा हुनुहुन्न । कोही बिरामी भएर वा आफन्तको बस्नु भएकाले गाउँपालिकाले सुर्खेतमा शिविर राखिएको हो ।’

शिविर सञ्चालन भएदेखि १५ साउनको १२ बजेसम्म ८२ जना वृद्धवृाद्धाले सेवा लिएको कार्कीले जानकारी दिए । उनका अनुसार यो संख्या अझै बढ्दै जाने अनुमान गरे । 

पालिकाका अधिकांस लाभग्राहीहरू औषधि उपचार लगायतका कामले शहर बस्ने गरेका कारणले सुर्खेतमा शिविर चलाउनु परेको  गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले जानकारी दिए । 

‘पालिका वृद्धवृद्धा लाभग्राहीहरू औषधि उपचार लगायतका कामले शहरमा हुनुहुन्छ । उहाँहरू कोही हिँडेर जाने सक्ने अवस्थामा हुनुहुन्न,’ उनले भने,‘त्यसैले शहरमा नै वा उहाँहरू भएको ठाउँमा सेवा दिनु परेको हो ।’

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार  १ : २८ बजे

बालेनप्रति महामन्त्री आचार्यको टिप्पणी : ‘म आफैँ एक्स्ट्रा अर्डिनरी बन्ने कोसिस गर्दैछु’

काठमाडौं– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले प्रधानमन्त्री

रासायनिक मल सुनिश्चितताका लागि अध्ययन कार्यदल गठन

काठमाडौं– नेपालमा रासायनिक मल कारखाना स्थापना भएका खण्डमा उत्पादित मलको

संसद्‍मा ध्रुवराज राईले भने- ‘कुरा त्यही हजुर, धन्यवाद’

काठमाडौँ– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले यसअघिका बैठकमा आफूले

निजामती विधेयकमा महिनावारी बिदाको प्रस्ताव

काठमाडौं– संज्ञा निजामती विधेयकमा महिनावारी बिदाको प्रस्ताव गरिएको छ । 

निजामती विधेयक : अनिवार्य अवकाशको उमेर ६० वर्ष प्रस्ताव, तर विधेयक लागू हुँदा भने ५५-३० लागू हुने

काठमाडौं– सरकारले बिहीबार संसदमा दर्ता गरेको संघीय निजामती सेवा सम्बन्धी