ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु « Khabarhub

ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु


१५ श्रावण २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौँको कोटेश्वरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ ।

काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरस्थित सडकमा बा प्र ०१– ००४ ख ३२८७ नम्बरको ट्याङ्करले बा प्र ०२–०३३ प २५४८ नम्बरको मोटरसाइकललाई गएराती ठक्कर दिँदा मोटरसाइकलमा सवार कोटेश्वर बस्ने काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–३ का २५ वर्षीय नवराज तुम्सिङ मगरको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका मगरको केएमसी अस्पताल सिनामङ्गलमा उपचारका क्रममा आज बिहान निधन भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको भने सोही अस्पतालमा उपचार भइरहेको छ । 

ट्यांकर चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहिबार  २ : ४३ बजे

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत

गैरदलीय निर्वाचन र प्रवासको मतदान अधिकारको मागसहित उज्यालो नेपाल पार्टी निर्वाचन आयोग जाँदै

काठमाडाैँ – उज्यालो नेपाल पार्टीले गैरदलीय स्थानीय निर्वाचनको व्यवस्था गर्न

बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

बाँके– सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न

हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

बागमती– नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो