रञ्जिताले भनिन्- विधानविपरीत बसेको पार्टीको राष्ट्रिय भेलाको निर्णय मान्दिन « Khabarhub

रञ्जिताले भनिन्- विधानविपरीत बसेको पार्टीको राष्ट्रिय भेलाको निर्णय मान्दिन


१५ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले विधानविपरीत बसेको पार्टीको राष्ट्रिय भेलाको निर्णय मान्य नहुने बताएकी छन्  ।  

बिहीबार सिंहदरबारमा कृषि समितिको बैठकमा सहभागी भई निस्कने क्रममा श्रेष्ठले राष्ट्रिय भेला बोलाउने अधिकार अध्यक्षलाई मात्रै रहेको भन्दै विधानविपरीत बसेको पार्टीको राष्ट्रिय भेलाको निर्णय मान्य नहुने बताएकी हुन् । 

पार्टीको विधानअनुसार आफूले कुनै पनि बैठक नै आह्वान नगरेको उनले बताइन् । अहिले पनि आफू पार्टीको अध्यक्षमा कायमै रहेको उनको भनाइ छ ।  

श्रेष्ठले आफू निरन्तर काममा हिँडिरहेको भन्दै पार्टीको विवादका बारेमा केही थाहा नभएको र कुनै भेला नबोलाएको जिकिर गरिन् । 

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार  ४ : ०७ बजे

नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक

नवलपुर– नारायणी नदीमा ठूलो बाढी आएपछि नदीमाथि निर्माण भएको पुलमा

मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशंका

काठमाडौं- आइतबार बिहान मनाङको नार्पाभूमी गाउँपालिका-५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो

बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी

काठमाडौं– अविरल वर्षासँगैको पहिरो, बाढी तथा डुबानबाट प्रभावित क्षेत्रमा नेपाली

होर्मुज जलडमरूमध्य पुनः खोल्न इरान आफ्ना सर्तमा अडिग

तेहरान– मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप होर्मुज जलडमरूमध्य पुनः

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा, पृथ्वी राजमार्ग पनि आजै सञ्चालनमा ल्याइने

चितवन– नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण