रञ्जिताले दलका नेता गंगारामलाई सोधिन् स्पष्टीकरण  « Khabarhub

रञ्जिताले दलका नेता गंगारामलाई सोधिन् स्पष्टीकरण 


१५ श्रावण २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


810
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नागरिक उन्मुक्ति पार्टी (नाउपा)को प्रथम राष्ट्रिय भेलाबाट साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएकी अध्यक्ष रञ्जिता श्रेष्ठले संसदीय दलका नेता गंगाराम चौधरीलाई स्पष्टीकरण सोधेकी छन् । 

आफूमाथि कारबाही भएको दोस्रो दिन श्रेष्ठले बिहीबार विधानविपरीत बैठकको अध्यक्षता गरी केन्द्रीय समितिको बैठक बोलाएको भन्दै स्पष्टीकरण सोधेकी हुन् । उनले चौधरीलाई पत्र प्राप्त भएको २४ घण्टा भित्र स्पष्टीकरण पेश गर्न भनेकी छन् । 

श्रेष्ठले आफ्नो अनुपस्थितिमा बिना कुनै जानकारी विधानविपरीत दलका नेता चौधरीले साउन ३, साउन ९ र साउन ११ गते पार्टीको अन्तरिम विधान, २०७८ ले दिएको अधिकार भन्दा बाहिर गएर बैठक बसी गैरकानुनी निर्णयहरू गरेको पाइएको स्पष्टीकरण पत्रमा लेखेकी छन् । 

उनले दलका नेता चौधरीलाई सोधेको स्पष्टीकरण पत्रको बोधार्थ निर्वाचन आयोगलाई पनि दिएकी छन् ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहिबार  ४ : ०८ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म