कोशी प्रदेशसभामा खानेपानी तथा सरसफाइ विधेयकमाथि छलफल « Khabarhub

कोशी प्रदेशसभामा खानेपानी तथा सरसफाइ विधेयकमाथि छलफल


१५ श्रावण २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

मोरङ– कोशी प्रदेशसभाको बिहीबारको बैठकमा ‘खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८१’ माथि प्रतिवेदनसहित छलफलका लागि प्रस्ताव पेस गरिएको छ ।

प्रदेशका  खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीले प्रदेशसभा नियमावली, २०७४ को नियम १०७ को उपनियम (२) को खण्ड (क) बमोजिम छलफलका लागि प्रस्ताव सभामा पेस गरे । प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले छलफलका लागि प्रस्ताव सदनसमक्ष निर्णयार्थ पेस गर्दा सर्वसम्मतले पारित भएको हो ।

छलफलमा भाग लिँदै प्रदेशसभाका सदस्य किशोरचन्द्र दुलालले नेपालको संविधानले नागरिकलाई खानेपानी तथा सरसफाइ प्राप्त गर्ने मौलिक अधिकार दिएकाले प्रदेश सरकारले पनि नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउनुपर्नेमा जोड दिए । 

प्रदेशसभाको अर्को बैठक यही साउन १६ गते दिउँसो १ बस्ने सभामुख बिष्टले सदनसमक्ष जानकारी गराए ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहिबार  ४ : ४८ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म