कोशी प्रदेशसभामा खानेपानी तथा सरसफाइ विधेयकमाथि छलफल « Khabarhub

कोशी प्रदेशसभामा खानेपानी तथा सरसफाइ विधेयकमाथि छलफल


१५ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

मोरङ– कोशी प्रदेशसभाको बिहीबारको बैठकमा ‘खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८१’ माथि प्रतिवेदनसहित छलफलका लागि प्रस्ताव पेस गरिएको छ ।

प्रदेशका  खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीले प्रदेशसभा नियमावली, २०७४ को नियम १०७ को उपनियम (२) को खण्ड (क) बमोजिम छलफलका लागि प्रस्ताव सभामा पेस गरे । प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले छलफलका लागि प्रस्ताव सदनसमक्ष निर्णयार्थ पेस गर्दा सर्वसम्मतले पारित भएको हो ।

छलफलमा भाग लिँदै प्रदेशसभाका सदस्य किशोरचन्द्र दुलालले नेपालको संविधानले नागरिकलाई खानेपानी तथा सरसफाइ प्राप्त गर्ने मौलिक अधिकार दिएकाले प्रदेश सरकारले पनि नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउनुपर्नेमा जोड दिए । 

प्रदेशसभाको अर्को बैठक यही साउन १६ गते दिउँसो १ बस्ने सभामुख बिष्टले सदनसमक्ष जानकारी गराए ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार  ४ : ४८ बजे

कृषि तथा वन विज्ञान विश्वविद्यालय : अध्ययन बिदा छानबिन गर्न समिति गठन

चितवन– कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका शिक्षक तथा कर्मचारीले

अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिकाले विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) बाट

खोलामा पुल बन्यो, जाने बाटो छैन

दार्चुला– दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ हुनैनाथस्थित ओजिगाड खोलामा झोलुङ्गे पुल प्रयोगविहीन

एसियन गेम्स : बंगलादेशलाई पराजित गर्दै पाकिस्तान फाइनलमा

काठमाडाैँ – पाकिस्तान एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा

स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य