‘नेपालजस्तो पर्यटकीय गन्तव्यका लागि डोम हाउस निकै प्रभावकारी’ « Khabarhub

‘नेपालजस्तो पर्यटकीय गन्तव्यका लागि डोम हाउस निकै प्रभावकारी’

नेपाल आइडिया फर वर्ल्डले भित्र्यायो ‘डोम हाउस’, 


१५ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा पर्यटन, वातावरण र जीवनशैलीमा नवीनतम नवप्रवर्तन ल्याउने उद्देश्यसहित ‘नेपाल आइडिया फर वर्ल्डले अन्तर्राष्ट्रिय स्तरको ‘डोम हाउस’ नेपालमा भित्र्याएको छ । 

स्काई टावर काठमाडौंमा आयोजित विशेष समारोहमार्फत २५ वटा डोम हाउसको शुभारम्भ गरिएको हो ।

सांस्कृतिक, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उनले निजी क्षेत्रको नवीनतम प्रयासको सराहना गरे । 

उनले भने, ‘नेपालजस्तो पर्यटकीय गन्तव्यका लागि डोम हाउस निकै प्रभावकारी हुन सक्छ। निजी क्षेत्रलाई सरकारले प्रोत्साहन गर्छ र झन्झटिला कानुन संशोधन गरिनेछ।’

कार्यक्रममा विभिन्न राजनीतिक, सामाजिक, पर्यटकीय क्षेत्रका अगुवाहरू, कूटनीतिक नियोगका प्रतिनिधिहरू, सञ्चारकर्मी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

संस्थाका निर्देशक सन्तोष सुवेदीले डोम हाउस परियोजनाले ‘प्रभावका लागि नवप्रवर्तन, प्रगतिको लागि साझेदारी’ भन्ने मूल नारालाई आत्मसात् गरेर अगाडि बढ्ने बताए । 

उनले यस परियोजनाले नेपालमा हरित प्रविधिमा आधारित, पर्यावरणमैत्री, स्वदेशी डिजाइन र निर्माणमा आधारित प्रवृत्तिलाई बढावा दिने उल्लेख गरे ।

के हो डोम हाउस ?

डोम हाउस एक अत्याधुनिक, पारदर्शी र मोड्युलर संरचना हो, जसलाई पर्यटन, स्वास्थ्य तथा वातावरणमैत्री जीवनशैलीसँग जोडेर डिजाइन गरिएको हो । यसमा रिसोर्ट, होमस्टे, रेस्टुरेन्ट, मिडिया स्टुडियो, निजी कार्यालय, वा विभिन्न कार्यक्रमका स्पेसको रूपमा प्रयोग गर्न सकिन्छ ।

नेपाल आइडिया फर वर्ल्डका प्रमुख कार्यकारी अधिकृत उषा खतिवडाले भनिन्, ‘यो शुभारम्भ केवल व्यावसायिक उपलब्धि होइन, नेपालले नवप्रवर्तन र दिगो जीवनशैलीतर्फ अग्रसर हुने संकेत पनि हो ।’

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार  ६ : ३१ बजे

नेपाल–पोर्चुगल सम्बन्धमा संसदको नयाँ पहल, बन्यो मैत्री समूह

काठमाडौं – नेपाल–पोर्चुगलबीचको सम्बन्धलाई संसदीय तहबाट थप मजबुत बनाउन संघीय

एक महिनामा ८८ हजार विदेशी पर्यटक भित्रिए

काठमाडौं– सन् २०२६ को सेप्टेम्बर महिनामा ८८ हजार २४८ विदेशी

भैरहवामा दुई करोड ५१ लाख मूल्यका दुई किलोभन्दा बढी सुनका गरगहना बरामद

रूपन्देही– सिद्धार्थनगर नगरपालिका–१ शान्तिगेटस्थित जाँचकक्षबाट सशस्त्र प्रहरीले दुई करोड ५१

पोखराको फिर्के खोला किनारमा फेरि चल्यो डोजर, ५६ संरचना भत्काइँदै (तस्बिरहरू)

 पोखरा– फिर्के खोलामा बनेका संरचना भत्काउन पोखरा महानगरपालिकाले यसअघि थालेको अभियानलाई

‘पार्टीभित्र कुनै अन्तर्विरोध छैन, वर्तमान सरकार ५ वर्षसम्म चल्छ, असफल हुने छुट छैन’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार