नेतृत्वमाथि षड्यन्त्रपूर्वक भएको घेराबन्दी युवाहरूले तोड्नुपर्छ : सदस्य थापा « Khabarhub

नेतृत्वमाथि षड्यन्त्रपूर्वक भएको घेराबन्दी युवाहरूले तोड्नुपर्छ : सदस्य थापा


१५ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

धनगढी– नेकपा एमालेका केन्द्रीय सदस्य लालबहादुर थापाले पार्टी नेतृत्वमाथि अनावश्यक आक्रमण र घेराबन्दी भएको बताएको छन् । 

एमाले नेतृत्वको सरकारले देश र जनताको पक्षमा काम गरिरहेको बेला योजनाबद्ध तरिकाले षड्यन्त्रपूर्वक आक्रमण र घेरिबन्दी भएकोले युवाहरूले तोड्न पर्ने समेत बताए ।

राष्ट्रिय युवा संघ नेपाल बाजुराले आयोजना गरेको साउन १५ विशेष खिर खाने कार्यक्रममा बोल्दै थापाले युवाहरूले सत्यको पक्षमा उभिएर पार्टी नेतृत्व माथिको घेराबन्दी तोड्नु पर्ने धारणा राखेका हुन् । 

ओली नेतृत्वको सरकार र पार्टी नै देशका लागि आवश्यक रहेको कुरा कामबाटै स्थापित हुन थालेपछि विरोधीहरू सलबलाएको थापाको दाबी छ ।

सरकारको प्रशंसा गर्दै थापाले देशको समृद्धि र विकासका लागि पनि एमाले र ओली नै आवश्यक भन्ने कुरा कामबाट प्रमाणित भएको दाबी गरे । 

खानी उल्खलनको सपना देखि खेल मैदान, सडक बाटो देखि शैक्षिक सुधार र राजस्व वृद्धि देखि निर्यातको तथ्यांकले नै ओली देश र जनताको नेता भन्ने स्थापित भएको थापाको भनाई छ । 

कामले नै धेरै कुरा प्रमाणित भइसकेकोले अतालिएका र डराएका तत्त्वहरूले देशी विदेशी शक्ति प्रयोग गर्न खोजेको आरोप थापाले लगाएका छन् ।

युवा शक्ति नै गलत बाटोमा लागे देश नै बरबादीतर्फ धकेलिने भएकोले त्यसमा सचेत र सजग हुन युवाहरूलाई आग्रह गरेका थापाले समग्र युवालाई सत्यका पछि लाग्ने वातावरण निर्माणको अगुवाइ राष्ट्रिय युवा संघ नेपालले गर्नु पर्ने बताएका छन् । 

साउन १५ लाई खिर खाने दिनको संयोग पनि पौरखी किसानको उत्सव नै भएकोले गरी खाने प्रेरणाका लागि यो सन्दर्भ कामयापी भएको बताएका छन् ।

कार्यक्रममा नेकपा एमाले अध्यक्ष लालबहादुर ओलीले संगठन र सम्बन्धलाई खिर जस्तै मिठो र लोभलाग्दो बनाइराख्नु पर्नेमा जोड दिएका छन् । बलियो संगठन र मिठो सम्बन्ध नै जीवनका लागि कामकाजी र उपयोगी हुने कुरामा ध्यान दिन पनि ओलीले आग्रह गरेका छन् । 

कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य सहदेव बोगटी, प्रदेश सचिवालय सदस्य गगन रावल, जिल्ला सचिव काशी विक, सचिवालय सदस्य अमर खड्कालगायत सहभागी थिए ।  

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार  ७ : ०८ बजे

कृषि तथा वन विज्ञान विश्वविद्यालय : अध्ययन बिदा छानबिन गर्न समिति गठन

चितवन– कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका शिक्षक तथा कर्मचारीले

अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिकाले विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) बाट

खोलामा पुल बन्यो, जाने बाटो छैन

दार्चुला– दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ हुनैनाथस्थित ओजिगाड खोलामा झोलुङ्गे पुल प्रयोगविहीन

एसियन गेम्स : बंगलादेशलाई पराजित गर्दै पाकिस्तान फाइनलमा

काठमाडाैँ – पाकिस्तान एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा

स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य