नेतृत्वमाथि षड्यन्त्रपूर्वक भएको घेराबन्दी युवाहरूले तोड्नुपर्छ : सदस्य थापा | Khabarhub Khabarhub

नेतृत्वमाथि षड्यन्त्रपूर्वक भएको घेराबन्दी युवाहरूले तोड्नुपर्छ : सदस्य थापा


१५ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

धनगढी– नेकपा एमालेका केन्द्रीय सदस्य लालबहादुर थापाले पार्टी नेतृत्वमाथि अनावश्यक आक्रमण र घेराबन्दी भएको बताएको छन् । 

एमाले नेतृत्वको सरकारले देश र जनताको पक्षमा काम गरिरहेको बेला योजनाबद्ध तरिकाले षड्यन्त्रपूर्वक आक्रमण र घेरिबन्दी भएकोले युवाहरूले तोड्न पर्ने समेत बताए ।

राष्ट्रिय युवा संघ नेपाल बाजुराले आयोजना गरेको साउन १५ विशेष खिर खाने कार्यक्रममा बोल्दै थापाले युवाहरूले सत्यको पक्षमा उभिएर पार्टी नेतृत्व माथिको घेराबन्दी तोड्नु पर्ने धारणा राखेका हुन् । 

ओली नेतृत्वको सरकार र पार्टी नै देशका लागि आवश्यक रहेको कुरा कामबाटै स्थापित हुन थालेपछि विरोधीहरू सलबलाएको थापाको दाबी छ ।

सरकारको प्रशंसा गर्दै थापाले देशको समृद्धि र विकासका लागि पनि एमाले र ओली नै आवश्यक भन्ने कुरा कामबाट प्रमाणित भएको दाबी गरे । 

खानी उल्खलनको सपना देखि खेल मैदान, सडक बाटो देखि शैक्षिक सुधार र राजस्व वृद्धि देखि निर्यातको तथ्यांकले नै ओली देश र जनताको नेता भन्ने स्थापित भएको थापाको भनाई छ । 

कामले नै धेरै कुरा प्रमाणित भइसकेकोले अतालिएका र डराएका तत्त्वहरूले देशी विदेशी शक्ति प्रयोग गर्न खोजेको आरोप थापाले लगाएका छन् ।

युवा शक्ति नै गलत बाटोमा लागे देश नै बरबादीतर्फ धकेलिने भएकोले त्यसमा सचेत र सजग हुन युवाहरूलाई आग्रह गरेका थापाले समग्र युवालाई सत्यका पछि लाग्ने वातावरण निर्माणको अगुवाइ राष्ट्रिय युवा संघ नेपालले गर्नु पर्ने बताएका छन् । 

साउन १५ लाई खिर खाने दिनको संयोग पनि पौरखी किसानको उत्सव नै भएकोले गरी खाने प्रेरणाका लागि यो सन्दर्भ कामयापी भएको बताएका छन् ।

कार्यक्रममा नेकपा एमाले अध्यक्ष लालबहादुर ओलीले संगठन र सम्बन्धलाई खिर जस्तै मिठो र लोभलाग्दो बनाइराख्नु पर्नेमा जोड दिएका छन् । बलियो संगठन र मिठो सम्बन्ध नै जीवनका लागि कामकाजी र उपयोगी हुने कुरामा ध्यान दिन पनि ओलीले आग्रह गरेका छन् । 

कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य सहदेव बोगटी, प्रदेश सचिवालय सदस्य गगन रावल, जिल्ला सचिव काशी विक, सचिवालय सदस्य अमर खड्कालगायत सहभागी थिए ।  

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार  ७ : ०८ बजे

माधव नेपाल भन्छन् : वैज्ञानिक समाजवादलाई जनताको जीवन पद्धतिमा उतार्नुपर्छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

किशोरीमाथि करणी प्रयासको अभियोगमा दुई पक्राउ

झापा – यहाँस्थित कचनकवल गाउँपालिका–७ मा १७ वर्षीया किशोरीलाई ललाइफकाइ

माइती र चेलीलाई ममताले जोडोस्, संस्कृतिको सुगन्धले जीवन भरिओस् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले तीजको अवसरमा दर खाने

अनमोल, आँचल र जसीता स्टारर ‘जेरी अन टप’टिजर रिलिज

काठमाडौं – असोज ३१ गतेबाट प्रदर्शनमा आउने वर्ष २०८२ को

स्थानीय तह स्वमूल्यांकन : काभ्रेमा नमोबुद्ध उत्कृष्ट

काभ्रे – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याकंन (लिजा) मा जिल्लाका