महिला उद्यमशीलताको प्रवर्द्धन गरिनुपर्छ : मुख्यमन्त्री सिंह « Khabarhub

महिला उद्यमशीलताको प्रवर्द्धन गरिनुपर्छ : मुख्यमन्त्री सिंह


१५ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

सिरहा– मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले महिलाको आर्थिक र सामाजिक सशक्तिकरणको लागि महिला उद्यमशीलताको प्रवर्द्धन अनिवार्य रहेको बताएका छन् ।

लहानमा आज आयोजित महिला उद्यमी सङ्घ नेपाल, सिरहाको नवगठित कार्यसमिति घोषणा कार्यक्रममा मुख्यमन्त्री सिंहले महिलालाई उद्यमशील बनाइ आर्थिक रूपमा सक्षम बनाउनुपर्नेमा जोड दिए। 

मुख्यमन्त्री सिंहले महिला–पुरुषबीच समानता कायम गर्न महिला आत्मनिर्भरता आवश्यक भएको उल्लेख गर्दै सक्षम महिलालाई उद्यमशील क्षेत्रमा जोड्नु जरुरी भएको बताए। 

‘महिलाले उत्पादन गरेका सामग्री गुणस्तरीय बनाएर बजारीकरण र अन्तर्राष्ट्रियकरण गर्न सक्नुपर्छ’, उनले भने, ‘फर्सीको बीउ उत्पादन, गुन्द्रुक र आँपको अचारजस्ता परम्परागत तर गुणस्तरीय वस्तु विदेश निर्यात गर्न सकिने सम्भावना छ ।’

मुख्यमन्त्री सिंहले साना–साना सामग्री आयात गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न स्वदेशी उत्पादन र उपभोगमा जोड दिनुपर्ने बताए। साथै, महिला उद्यमीलाई आवश्यक तालिम दिएर सीप अभिवृद्धि गरिनुपर्ने र आधुनिक प्रविधिको ज्ञानमार्फत थप लाभ लिन सकिने सम्भावना रहेको उल्लेख गरे । 

महिला उद्यमी महासङ्घकी केन्द्रीय अध्यक्ष शोभा ज्ञवालीले ‘स्वदेशी खाउँ, स्वदेशी लाउँ, स्वदेशी उद्यमीलाई प्रोत्साहन गरौँ’ नारासहित देशका ७७ वटै जिल्लामा महिला उद्यमी सङ्घ गठन भइसकेको जानकारी दिए । उनले महिला उद्यमशीलताको विकासले केवल महिलाको जीवनस्तरमा मात्रै सुधार ल्याउने नभएर परिवार र समाजलाई सकारात्मक दिशामा अघि बढाउने बताए। 

लहान नगरप्रमुख महेशप्रसाद चौधरीले महिलाले अब उद्यमबाटै विदेश जाने पुरुषको भन्दा बढी आम्दानी गर्न सक्ने विश्वास व्यक्त गरे। नगरपालिकाले रोजगारी, तालिम र उद्यममा अवसर दिँदै आएको उल्लेख गर्दै अब प्रत्येक वडामा महिला समिति गठन गरी कार्यक्रमलाई अझ प्रभावकारी बनाइने जानकारी दिए ।

मधेस प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले महिलाको आर्थिक सबलीकरणले महिला हिंसा न्यूनीकरणमा  भूमिका खेल्ने धारणा राखे। मधेसमा महिला प्रहरीको सङ्ख्या अपुग रहेको उल्लेख गर्दै उनले सबै क्षेत्रले मिलेर महिला सशक्तिकरणमा हातेमालो गर्नुपर्ने बताए । 

सो अवसरमा खुश्बु जैसवालको अध्यक्षतामा ११ सदस्यीय महिला उद्यमी सङ्घ नेपाल, सिरहा गठन गरिएको छ ।  

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार  ७ : १५ बजे

अध्यादेशसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइए: को को परे ?

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौँ –  आज २०८३ साल वैशाख २० गते आइतबार। जेठ

आज २०८३ साल वैशाख २० गते आइतबारको राशिफल  

काठमाडौँ –  आज २०८३ साल वैशाख २० गते आइतबार। जेठ

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं – केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

एक हजार ५९५ पदाधिकारी एकैपटक पदमुक्त : कुन क्षेत्रमा कति ? (विवरणसहित)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त