एनपीएलको पहिलो संस्करणबाट क्यानलाई २ करोड ४६ लाख फाइदा | Khabarhub Khabarhub

एनपीएलको पहिलो संस्करणबाट क्यानलाई २ करोड ४६ लाख फाइदा


१५ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)बाट करिब २ करोड ४६ लाख रुपैयाँ आम्दानी गरेको छ। सोमबार बसेको क्यानको केन्द्रीय कार्यसमितिको बैठकले प्रस्तुत गरिएको आय–व्यय विवरणमा गहन छलफल गर्दै अन्तिम अनुमोदन अर्को बैठकबाट हुने जनाएको छ।

क्यानले जारी गरेको प्रेस विज्ञप्तिअनुसार एनपीएलको कुल आम्दानी २७ करोड ६९ लाख ६४ हजार ८१८ रुपैयाँ रहेको छ। कुल खर्च भने २० करोड १५ लाख ७३ हजार ५५९ रुपैयाँ पुगेको छ। त्यसअनुसार एनपीएलको राजस्व बाँडफाँडअघि कुल नाफा ७ करोड ५३ लाख ९१ हजार २५९ रुपैयाँ रहेको थियो।

यस नाफाबाट ५० प्रतिशत अर्थात् ४ करोड ३७ लाख ४० हजार ४७० रुपैयाँ आठवटा फ्रेन्चाइज टोलीहरूलाई वितरण गरिएको छ। प्रदेशस्तरका क्रिकेट संघहरूलाई समेत ७० लाख रुपैयाँ बाँडफाँड गरिएको छ। बाँकी २ करोड ४६ लाख ५० हजार ७८९ रुपैयाँ क्यानको खातामा रहेको छ।

क्यान प्रवक्ता छुम्बी लामाले विज्ञप्तिमार्फत जानकारी दिँदै एनपीएल परिचालन परिषदले प्रस्तुत गरेको पहिलो संस्करणको आय–व्यय विवरण अध्ययनपछि आगामी केन्द्रीय कार्यसमितिको बैठकबाट अनुमोदन गरिने बताएका छन्।

यससँगै क्यानले एनपीएलको सफल सुरुआतसँगै संस्थागत आम्दानी बढाउने दिशामा ठोस पाइला चालेको संकेत गरेको छ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार  ९ : ०९ बजे

नख्खु बाढीपीडित गाडीधनीले सवा करोड क्षतिपूर्ति मागेपछि…

काठमाडौँ – ‘ऋणधन गरेरै भए पनि गाडी चढ्ने’ आकाङ्क्षा पालेका

जनार्दनलाई प्रचण्डले भने- बुर्जुवा पार्टीमा जस्तो सार्वजनिक रुपमा बोल्दै हिँड्नु राम्रो होइन

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले दुई लाइन संघर्ष

सिन्धुलीमा रुखले किच्दा दुई जनाको मृत्यु, तीन घाइते

कमलामाई– सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ बस्तीपुरमा रुखले किच्दा दुई जनाको मृत्यु

विद्यार्थी बोकेको भ्यान दुर्घटना हुँदा १७ जना घाइते

झापा– मेचीनगर नगरपालिका–९ स्थित खुट्टिडाँगीमा विद्यार्थी बोकेको स्कुल भ्यान आज

पर्यटन विकासमा होटल क्षेत्रको भूमिका महत्त्वपूर्ण : मन्त्री पाण्डे

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकको पर्यटन