छ महिनामा यमनमा अमेरिका र इजरायलको आक्रमणमा ७७६ जनाको मृत्यु « Khabarhub

छ महिनामा यमनमा अमेरिका र इजरायलको आक्रमणमा ७७६ जनाको मृत्यु


१५ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

साना – सन् २०२५ को पहिलो छ महिनामा उत्तरी यमनमा अमेरिका र इजरायलबीच भएको हवाई आक्रमणमा परी ७७६ जनाको मृत्यु भएको छ। हुथी विद्रोहीद्वारा सञ्चालित अल-मसिराह टिभीले सार्वजनिक गरेको रिपोर्ट अनुसार मर्नेको संख्या ७७६ पुगेको हो।

राजधानी साना, रेड सीको बन्दरगाह शहर होदेइदा, सादा र अम्रान प्रान्तमा सबैभन्दा बढी महिला र बालबालिकाको मृत्यु भएको यमनी सञ्चारमाध्यमले जनाएका छन्।

गत अप्रिल २८ मा सादा प्रान्तको आप्रवासी हिरासत केन्द्रमा अमेरिकी हवाई आक्रमणमा ७० इथियोपियाली आप्रवासीको पनि मृत्यु भएको थियो।

अल–मसिराह टिभीले मारिएका र घाइते भएकाको विवरण उपलब्ध गराएको छैन र तथ्याङ्कहरू स्वतन्त्र रूपमा पुष्टि गर्न सकिएको छैन। हवाई आक्रमणले विमानस्थल, बन्दरगाह, विद्युत् र इन्धन स्टेसनका साथै कारखानालाई समेत निशाना बनाएको बताइएको छ।

गत मे महिनामा ओमानको मध्यस्थतामा हुथी विद्रोहीले लाल सागरमा अमेरिकी पानी जहाजलाई निशाना बनाउने काम बन्द गर्ने प्रतिबद्धता जनाएपछि संयुक्त राज्य अमेरिकाले हुथीविद्रोही माथिको आक्रमण रोकेको थियो।

यसैबीच, गाजामा इजरायल–हमास युद्धका बीच प्यालेस्टाइनप्रति ऐक्यबद्धता जनाउन हुथी विद्रोहीले सन् २०२३ नोभेम्बरदेखि इजरायललाई लामो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र र ड्रोनले निशाना बनाइरहेका छन्।

इजरायलले प्रतिकारलाई निरन्तर जारी राखेको छ। यस हप्ता उसले सानामा हुथी विद्रोहीको निशानामा दुई चरणको हवाई आक्रमण गरेको थियो, जसमा १० जना सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य ९२ जना घाइते भएका थिए। मारिनेमा अधिकांश महिला र बालबालिका थिए, हुथीद्वारा सञ्चालित स्वास्थ्य अधिकारीका अनुसार इजरायली सेनाले बिहीबार हुथी कमाण्डरहरुको बैठकलाई लक्षित गरी दोस्रो श्रृङ्खला आएको जनाएको छ।

हुथी सञ्चारमाध्यमले समूहका जनरल स्टाफ प्रमुख मोहम्मद अब्दुलकरिम अल गुमारीलाई उद्धृत गर्दै कुनै हताहती नभएको बताएको छ। रासस/एएफपी

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  ६ : १३ बजे

पहिलो त्रैमासिकमा जिल्ला प्रशासन मनाङ देशभरकै उत्कृष्ट

काठमाडौं– चालु आर्थिक वर्ष (आव) २०८२–०८३ को पहिलो त्रैमासिकमा मनाङ

सुनसरीमा कसरी चल्यो गोली ? सिटी चालकको मृत्यु

काठमाडौं – सुनसरीमा गोली लागेर एक जनाको मृत्यु भएको छ।

बीपी राजमार्ग : रोशीखोला बगरैबगरको यात्रा (तस्बिरहरू)

काभ्रे– गत वर्षको असोज दोश्रो साता आएको बाढीपहिरोले क्षतिग्रस्त बीपी

सन् २०२५ : ‘ऊनको स्वीटर’ र दुर्गेशका गीतको वर्चस्व

काठमाडौं – सन् २०२५ बुधबार रातिबाट बिदा भएकाे छ ।

डलर सटहीको प्रलोभन देखाएर ठगी गर्ने हिरोहमा संलग्न चार जना पक्राउ

काठमाडौं – सिन्धुपाल्चोक प्रहरीले सस्तो दरमा डलर सटही गरिदिने भन्दै