सन्दीपको शानदार अर्धशतकमा आसामविरुद्ध नेपाल ‘ए’को लगातार दोस्रो जित « Khabarhub

सन्दीपको शानदार अर्धशतकमा आसामविरुद्ध नेपाल ‘ए’को लगातार दोस्रो जित


१५ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


756
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल ‘ए’ क्रिकेट टिमले आसाम प्रदेश क्रिकेट संघमाथि लगातार दोस्रो जित निकालेको छ। शनिबार राति सम्पन्न खेलमा सन्दीप जोराको शानदार अर्धशतकको साथमा नेपालले आसामलाई ९ रनले हराएको हो।

यो अभ्यास खेलको जितसँगै नेपालले ५ खेलको सिरिजमा २–१ को अग्रता लिएको छ। पहिलो खेलमा डक वर्थ लुइस (डीएल) पद्धतिका आधारमा १५ रनले पराजित भएको नेपाल दोस्रो खेलमा ९६ रनले विजयी भएको थियो।

शनिबार भएको खेलमा सुरुमा ब्याटिङ गरेको नेपालले आसामलाई १९७ रनको लक्ष्य दिएको थियो। टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालले पूरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १९६ रन बनाएको हो। नेपालका लागि सन्दीपले शानदार अर्धशतक बनाए। ४८ बलको सामना गरेका उनले ७४ रन बनाएका हुन्।

आदिल आलामले ३५, तिर्थराज दास ३३ रन बनाउँदा कप्तान अनिलकुमार साह ३१ रन जोडेका थिए। आसामका आकाश सेनगुप्ताले दुई विकेट लिए।

जवाफी ब्याटिङमा पूरै २० ओभर खेल्दै आसामले मात्र १८७ रन बनाउन सक्यो। आसामका निहार डेकाले सर्वाधिक ४० रन बनाउँदा कप्तान सुमित घाडीगाउँकरले ३६ र अब्दुल अजिज ३१ रन बनाए।

नेपालका कमलसिंह ऐरी, आकाश चन्द, विवेककुमार यादव र बसीर अहमदले समान दुईदुई विकेट हात पार्दा आदिल आलमले एक विकेट लिए।

टिम नेपाल ‘ए’ । तस्बिरः क्यान

आइतबार साँझ नेपाल र आसामले चौथो टी-२० अभ्यास खेल्दैछन्। अन्तिम अभ्यास खेल सोमबार हुनेछ।

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  ६ : ५८ बजे

भारतीय तीर्थयात्रीको मृत्यु भएको दुर्घटनाबारे छानबिन गर्न समिति गठन

गोरखा – सात भारतीय तीर्थयात्रीको ज्यान जाने गरी गोरखामा भएको

के हो आइतबार आकाशमा देखिएको चम्किलो दृश्य ?

काठमाडौं – आइतबार साँझ नेपालका विभिन्न स्थानबाट आकाशमा देखिएको उज्यालो

साढे २२ करोड जरिवाना र ६ वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंबाट एकजना फरार

पेट्रोल प्रतिलिटर १५ र डिजेल १० रुपैयाँले बढ्यो

काठमाडौँ – डिजेल र पेट्रोलको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय

नवनिर्वाचित सांसदलाई रास्वपाले अभिमुखीकरण तालिम दिने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका