आसामविरुद्धको सिरिज एक खेल अगाडि जित्ने नेपालको लक्ष्य : आज चौथो भिडन्त « Khabarhub

आसामविरुद्धको सिरिज एक खेल अगाडि जित्ने नेपालको लक्ष्य : आज चौथो भिडन्त


१५ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको गुवाहटीमा असाम प्रदेशसँग जारी टी–२० सिरिजमा आज नेपाल ‘ए’ टिमले चौथो प्रतिस्पर्धा गर्दैछ।तीन खेल सम्पन्न भएको सिरिजमा नेपाल लगातार दुई खेलमा विजयी भएको छ।पहिलो खेलमा डक वर्थ लुइस (डीएल) पद्धतिका आधारमा १५ रनले पराजित भएको नेपाल दोस्रो खेलमा ९६ र तेस्रो खेलमा ९ रनले विजयी भएको छ।

चौथो खेल आइतबार साँझ ५ बजे सुरु हुँदैछ।यो प्रतिस्पर्धा नेपाल क्रिकेट संघ क्यानले आफ्नो युट्युब च्यानलमार्फत् प्रत्यक्ष प्रशारण गर्दै आएको छ ।

क्यानले घोषणा गरेको अनिलकुमार साह कप्तान रहेको नेपाल ‘ए’ टिमममा अलराउन्डर आदिल आलम, ब्याट्सम्यान सन्दीप जोरा लगायतका युवा तथा अनुभवी खेलाडी समावेश छन्।

नेपालले आसाममा पाँच टी–२० प्रतिस्पर्धा गर्दैछ। आसामसँगको पाँचौ अर्थात् अन्तिम भिडन्त सोमबार हुँदैछ।

टिम नेपाल ‘ए’ । तस्बिरः क्यान

नेपाल ‘ए’ टिम

नेपाल ‘ए’ टिममा कप्तान अनिलकुमार शाहसँगै अदिल आलम, पवन सर्राफ, सन्दीप जोरा, शुभ कंशाकार, ईशान पाण्डे, देव खनाल, विवेककुमार यादव, कमलसिंह ऐरी, बसिर अहमद, आकाश चन्द, सागर ढकाल, अर्जुन घर्तीमगर, तृतराज दास, युवराज खत्री र शेर मल्ल छन्।

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  ८ : ५९ बजे

भारतीय तीर्थयात्रीको मृत्यु भएको दुर्घटनाबारे छानबिन गर्न समिति गठन

गोरखा – सात भारतीय तीर्थयात्रीको ज्यान जाने गरी गोरखामा भएको

के हो आइतबार आकाशमा देखिएको चम्किलो दृश्य ?

काठमाडौं – आइतबार साँझ नेपालका विभिन्न स्थानबाट आकाशमा देखिएको उज्यालो

साढे २२ करोड जरिवाना र ६ वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंबाट एकजना फरार

पेट्रोल प्रतिलिटर १५ र डिजेल १० रुपैयाँले बढ्यो

काठमाडौँ – डिजेल र पेट्रोलको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय

नवनिर्वाचित सांसदलाई रास्वपाले अभिमुखीकरण तालिम दिने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका