नेपाल अलैँची व्यवसायी महासंघको अध्यक्षमा दीपक नेपाल चयन  « Khabarhub

नेपाल अलैँची व्यवसायी महासंघको अध्यक्षमा दीपक नेपाल चयन 


१५ भदौ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल अलैँची व्यवसायी महासंघको नवौँ वार्षिक साधारण सभा तथा पाँचौँ महाधिवेशन सम्पन्न भएको छ ।  महाधिवेशनबाट दीपक नेपाल अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । 

अध्यक्षको प्रतिस्पर्धामा नेपाल, नारान चिमरिया र ओम विमली रहेका थिए । तर अन्तिममा सर्वसम्मत कार्यसमिति बनेको हो ।

झापा बिर्तामोडमा शनिवार भएको महाधिवेशनले नेपाललाई सर्वसम्मत अध्यक्ष बनाएको हो । अध्यक्ष नेपालका अनुसार नारान चिमरियालाई वरिष्ठ उपाध्यक्ष, मात्रिका घिमिरे, सुजित बंसल र कुसुम दाहाललाई उपाध्यक्ष भए । 

यस्तै प्रज्वल बिमली महासचिव, रामकृष्ण विष्ट कोषाध्यक्ष चयन भएका छन् । 

नेपाल पाँचथरका हुन् । उनी नेपाली कांग्रेस पाँचथरका सचिव समेत हुन् । महासंघको नेतृत्व चयन हरेक तीन/तीन वर्षमा हुने गरेको छ ।

प्रकाशित मिति : १५ भदौ २०८२, आइतबार  ११ : ४० बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म