काठमाडौं– नागरिक उन्मुक्ति पार्टी नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले बोलाएको बैठकमा संरक्षक रेशम चौधरीले आफूलाई कुनै जानकारी नभएको बताएका छन् ।
आइतबार खबरहबसँग कुरा गदै चौधरीले आफूहरूलाई कुनै जानकारी नै नभएको दाबी गरे । ‘मैले सामाजिक सञ्जालमा मात्र बैठक रहेछ भन्ने देखेको हो । अन्य साथीहरूलाई पनि जानकारी रहेन छ ।’ चौधरीले खबरहबलाई भने, ‘म सँग सम्पर्क भएका नेताहरू कसैले बैठकबारे जानकारी भएको सूचना पाएको छैन । नबोलाएपछि जाने कुरा भएन ।’
रञ्जितताले आज आइतबार र भोलि सोमबारका लागि केन्द्रीय समितिको बैठक डाकेकी छन् । तर बैठकमा रेशम पक्षधर उपस्थित नहुने देखिएको छ । बैठक दिउँसो १ बजे काठमाडौंमा बस्ने बताइएको छ ।
रेशम पक्षले अध्यक्ष रञ्जितलाई हटाएर लालवीर चौधरीलाई अध्यक्ष बनाएपछि दुई पक्षको विवाद बढेको छ । तर निर्वाचन आयोगले भने रञ्जितलाई अध्यक्ष कायम गरेपछि अहिले रेशम पक्षका नेताहरू असन्तुष्ट छन् । नाउपा अध्यक्ष रञ्जिता र संरक्षक रेशम श्रीमान् श्रीमती हुन् ।













प्रतिक्रिया