मोदीसँग राष्ट्रपति सीले गरे ५० मिनेट लामो वार्ता, भने : ड्रागन र हात्ती मिलेर अघि बढ्नुपर्छ  « Khabarhub

मोदीसँग राष्ट्रपति सीले गरे ५० मिनेट लामो वार्ता, भने : ड्रागन र हात्ती मिलेर अघि बढ्नुपर्छ 


१५ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– सात वर्षपछि चीन पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका छन् । दुई नेताबीच ५० मिनेट लामो वार्ता भएको छ ।

वार्ताका क्रममा मोदीले भने रसियाको कजानमा धेरै उपयोगी छलफल भएको स्मरण गरे । 

‘गत वर्ष कजानमा हाम्रो धेरै उपयोगी छलफल भएको थियो, जसले हाम्रो सम्बन्धलाई अझ प्रगाढ बनायो। सीमा क्षेत्रमा सैनिकहरूको फिर्तापछि शान्ति र स्थिरताको वातावरण बनेको छ’, मोदीले भने, ‘सीमासम्बन्धी मुद्दामा विशेष प्रतिनिधिहरूबीच सम्झौता भएको छ। कैलाश मानसरोवर यात्रा पुनः सुरू भएको छ । दुवै देशबीच सीधा उडान फेरि सञ्चालनमा आएका छन्।’

बैठकमा राष्ट्रपति जिनपिङले प्रधानमन्त्री मोदीसँग भेट्न पाउँदा खुशी भएको बताए । उनले भने– ‘ड्रागन (चीन) र हात्ती (भारत) सँगै आउनुपर्छ ।’

मोदीले जवाफमा भारत-चीन सहकार्यले सबैलाई फाइदा पुग्ने बताएका छन् । ‘भारत र चीनबीचको सहकार्यले २.८ अर्ब जनतालाई फाइदा पुर्‍याउनेछ’, उनले भने, ‘यसले सम्पूर्ण मानव जातिको हितको बाटो खोल्नेछ ।’ उनले आपसी विश्वास र सम्मानको आधारमा सम्बन्धलाई अगाडि बढाउने प्रतिबद्धता पनि जनाए ।

प्रधानमन्त्री मोदीले साङ्घाई सहयोग संगठन (एससीओ) मा चीनको सफल अध्यक्षताका लागि बधाई दिए । चीन भ्रमणका लागि निमन्त्रणा तथा बैठकको अवसर प्रदान गरेकोमा पनि उनले धन्यवाद व्यक्त गरे ।

गलवान झडपपछि पहिलो भ्रमण

प्रधानमन्त्री मोदी शनिबार साँझ दुई दिनको जापान भ्रमणपछि चीन पुगेका हुन् । जुन २०२० मा गलवानमा भएको झडपपछि भारत–चीन सम्बन्ध बिग्रिएको थियो । यो भ्रमणको उद्देश्य दुवै देशबीचको सीमा विवादलाई कम गर्ने पनि रहेको छ ।

मोदी सोमबार थियानचिन शहरमा हुने साङ्घाई सहयोग संगठनको बैठकमा सहभागी हुनेछन्। यसपटक चीनमा इतिहासकै सबैभन्दा ठूलो एससीओ शिखर सम्मेलनको आयोजना हुँदैछ।

यसमा २० भन्दा बढी देश सहभागी भइरहेका छन् । मोदी र पुटिनसँगै मध्य एशिया, मध्यपूर्व, दक्षिण एशिया र दक्षिणपूर्वी एशियाका नेताहरू पनि यस सम्मेलनमा सहभागी हुनेछन् ।

प्रधानमन्त्री मोदीले सोमबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्दैछन् ।

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  १२ : ०१ बजे

पर्यटक बसका लागि बसपार्क नहुँदा समस्या

काठमाडौं– सार्वजनिक सवारीसाधन सञ्चालनका लागि गोँगबुस्थित नयाँबसपार्क सञ्चालनमा रहे पनि

वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षका लागि दरखास्त आह्वान

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको

पर्यटकहरुको आकर्षणको केन्द्र बन्दै पर्सा राष्ट्रिय निकुञ्ज

बागमती– नेपालमा पाइने रैथाने हात्तीको प्रमुख वासस्थान मानिएको पर्सा राष्ट्रिय

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य घटेको छ । बुधबारको कारोबारमा

काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस मनाइँदै 

काठमाडौं– काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस नेपाल लगायत