सुदूरपश्चिममा हाइड्रोमा लगानी गर्न मुख्यमन्त्री शाहको आह्वान « Khabarhub

सुदूरपश्चिममा हाइड्रोमा लगानी गर्न मुख्यमन्त्री शाहको आह्वान


१५ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेशमा पर्याप्त ऊर्जाको सम्भावना रहेको भन्दै हाइड्रोमा लगानी गर्न लगानीकर्ताहरूलाई आह्वान गरेका छन् ।

मंसिर १ र २ गते कैलालीको धनगढीमा हुन लागको विकास तथा लगानी सम्मेलनका लागि ऊर्जा, जलस्रोत तथा सिचाइ मन्त्रालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री शाहले नयाँ लगानीकर्ताहरूलाई प्रदेशमा लगानी गर्न आग्रह गरेका हुन् । उनले हाइड्रोका लागि लाइसेन्स लिएका लगानीकर्ताहरूलाई समेत तत्काल काम सुरु गर्न आह्वान गरे ।

मुख्यमन्त्री शाहले भने, ’सुदूरपश्चिममा पर्याप्त ऊर्जाको सम्भावना छ । नयाँ लगानीकर्ताहरूलाई त्यहाँ लगानी लगाउन आह्वान गर्दछु । लाइसेन्स लिनुभएकाले पनि तत्काल लगानी गर्नु पर्छ ।’

उनले सुदूरपश्चिममा आयोजना हुन लागेको लगानी सम्मेलन सुदूरपश्चिम प्रदेश मात्र नभई मुलुककै विकासको कोसेढुंगा बन्ने विश्वास व्यक्त गरे । प्रदेश सरकारले लगानीमैत्री वातावरण निर्माण गरिरहेको भन्दै उहाँले ढुक्क भएर लगानी गर्न आग्रह गरे ।

मुख्यमन्त्री शाहले थप भने, ’सुदूरपश्चिममा लगानीमैत्री वातावरण बनाइरहेका छौँ । लगानीमैत्री नीतिका लागि केही कानुन संशोधनको पनि तयारीमा छौँ । विभिन्न समस्याका बीच पनि हामी प्रदेशको समृद्धि र विकासका लागि लागिरहेका छौँ । तपाईँहरूको साथको अपेक्षा गर्दछौँ ।’

अन्तरक्रिया कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिचाइ मन्त्री दिपक खड्काले पनि मुलुकमा लगानीमैत्री वातावरण बनिरहेको बताए । उनले सरकारले निजी क्षेत्रसँग हातेमालो गर्दै लगानी भित्र्याउने तयारी गरिरहेको स्पष्ट पारे ।

मन्त्री खड्काले भने, ’कानुनमा केही समस्या छन् । हामी ती समस्याहरू समाधान गर्न लागिरहेका छौँ । पहिलो चरणमा जग्गा र वनको समस्या हल गर्ने तयारी भइरहेको छ । लगानीकर्ताले लगानी गर्दा जग्गा विवादले समस्या हुने गरेका छन् । त्यसलाई मुवाज्जा दिने, मुद्दा दर्ता गरेर काम रोक्ने प्रवृत्ति अन्त्य गर्ने गरी कानुन बनाउन लागिरहेका छौँ ।’

उनले थपे, ’स्टे अर्डर दिने अनि काम रोक्ने प्रवृत्ति गलत हो । हामीले ती विषयलाई नीतिगत रूपमै सुधार गर्ने पक्षमा छौँ ।’

उनका अनुसार सुदूरपश्चिममा पर्याप्त स्रोत हुँदा पनि प्रयोग हुन सकेको छैन । नीतिगत सुधारपछि सुदूरपश्चिमको ऊर्जाले प्रदेश मात्र नभई देशको समृद्धिमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

ट्रान्समिसन लाइनका कारण ऊर्जामा लगानी गर्न समस्या भइरहेको गुनासो आएको भन्दै मन्त्री खड्काले दुई वर्षभित्रै उक्त समस्या समाधान गर्ने दाबी गरे । 

निजी क्षेत्रलाई विद्युत् बिक्री गर्ने व्यवस्था मिलाइने उल्लेख गर्दै उनले भने, ’निजी क्षेत्रलाई ३० मेगावाटसम्म लगानीकर्ताले बेच्न सक्ने व्यवस्था गर्दै छौँ । यसपछि लगानीकर्ताको लगानी सुरक्षित हुनेछ र उत्पादित विद्युत् जसलाई पनि बेच्न सकिनेछ ।’

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव डा. कमल पोख्रेलले प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनबारे जानकारी गराए ।

लगानी तथा विकास सम्मेलनका परियोजना विज्ञ दिलीप भट्टले सुदूरपश्चिममा लगानीको अवस्था, चुनौती र सम्भावनाबारे कार्यपत्र प्रस्तुत गरे ।

छलफलमा ऊर्जा क्षेत्रमा लगानी गरिरहेका तथा लगानीका लागि लाइसेन्स लिएका दुई दर्जनभन्दा बढी लगानीकर्ताको उपस्थिति थियो । उनीहरूले सरकारको नीतिका कारण लगानीमा कठिनाइ भएको भन्दै लगानीमैत्री नीति बनाउन आग्रह गरे ।

लगानीकर्ताले ऊर्जा प्रवद्र्धनका लागि ट्रान्समिसन लाइनको क्षमता बढाउन, प्रसारण पूर्वाधार निर्माण गर्न, जग्गा तथा वनको समस्या समाधान गर्न, काम छिटो गर्न सकिने वातावरण बनाउन सरकारसँग सुझाव दिएका थिए ।

उनीहरूले कर्णाली र सुदूरपश्चिममा देशको आधा जलविद्युत सम्भावना रहेको भन्दै अब भारत मात्र नभई चीनमा पनि विद्युत् बिक्री गर्नुपर्नेमा जोड दिए । दोधरा–चाँदनी बन्दरगाह निर्माण भइरहेको उल्लेख गर्दै त्यसले सुदूरपश्चिमको समृद्धिमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे ।

अन्तरक्रिया कार्यक्रम प्रदेश नीति तथा योजना आयोगका सदस्य नृप सुनारले सहजीकरण गर्नुभयो । उहाँले पनि सबै लगानीकर्तालाई सुदूरपश्चिममा लगानी गर्न आग्रह गरे  ।

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  ३ : ३६ बजे

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन १० गते आइतबार सन् २०२६

आज २०८३ साल साउन १० गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १० गते आइतबार सन् २०२६

मोरङमा विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

विराटनगर – मोरङमा एक विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

काठमाडौं – रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय, कास्कीले अनलाइन ठगीमा संलग्न रहेको