दूधको भुक्तानी माग्दै डीडीसीमा दुग्ध किसानको धर्ना « Khabarhub

दूधको भुक्तानी माग्दै डीडीसीमा दुग्ध किसानको धर्ना


१५ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दूधको भुक्तानी नपाएको भन्दै दुग्ध किसानहरूले काठमाडौंको लैनचौरस्थित दुग्ध विकास संस्थान (डीडीसी) को कार्यालयमा धर्ना दिएका छन् । 

लामो समयदेखि दूधको भुक्तानी नपाएको भन्दै दुग्ध किसानहरूले आइतबार डीडीसी को कार्यालय बाहिर धर्ना दिएका हुन् । 

धर्ना दिनका लागि दुग्ध किसान कार्यालय परिसरमा प्रवेश गर्न खोजेका थिए, तर प्रहरीले उनीहरूलाई बाहिर रोकेपछि केरिबेर प्रहरी र दुग्ध किसानहरुबीच घम्साघम्सी समेत भएको थियो । 

दूधको मूल्य भुक्तानीका बारेमा दुग्ध विकास संस्थान लगायत सरोकारवाला निकायलाई पटक पटक ध्यानाकर्षण गराउँदा पनि भुक्तानी नभएकाले डीडीसीको कार्यालयमा धर्ना दिनुपरेको अखिल नेपाल किसान महासंघकी महासचिव सरिता भुसालले जानकारी दिइन् ।

आफूहरूको मागका लागि ध्यानाकर्षण गराउन खोज्दा प्रहरी लगाएर दमन गर्न खोजिएको भन्दै उनले आपत्ति जनाइन् । 

उनले अहिले दुग्ध किसानहरूको तीन अर्ब भन्दा बढी बक्यौता भुक्तानी गर्न बाँकी रहेको बताइन् ।

दूधको बक्यौता रकम भुक्तानी नगरेकाले जीविकोपार्जन गर्न समेत समस्या भएको किसानहरूले गुनासो गरेका छन् ।

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  ३ : ५६ बजे

तीन दिनभित्र समानुपातिक उम्मेदवार छनोट गर्न दलहरूलाई आयोगको पत्र

काठमाडौं- निर्वाचन आयोगले समानुपातिकतर्फ सिट पाएका दलहरूलाई तीन दिनभित्र उमेदवार

समानुपातिकतर्फको सिट निर्धांरण, कुन दलले कति पाए ?

काठमाडौं – निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने गरी दलले प्राप्त

भोलिदेखि प्रति सिलिण्डर आधा ९५५ मा बिक्री वितरण गरिने

काठमाडौं – नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी

‘पिएम कप’ क्रिकेट गण्डकी प्रदेशस्तरीय छनोट सुरु, कास्कीको विजयी सुरुआत

कास्की – पोखरामा आजदेखि ‘प्रधानमन्त्री कप’ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताका

मुलुकको राजनीतिक परिवर्तनमा महिलाको योगदान महत्वपूर्ण छः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलन र राजनीतिक