दूधको भुक्तानी माग्दै डीडीसीमा दुग्ध किसानको धर्ना « Khabarhub

दूधको भुक्तानी माग्दै डीडीसीमा दुग्ध किसानको धर्ना


१५ भदौ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दूधको भुक्तानी नपाएको भन्दै दुग्ध किसानहरूले काठमाडौंको लैनचौरस्थित दुग्ध विकास संस्थान (डीडीसी) को कार्यालयमा धर्ना दिएका छन् । 

लामो समयदेखि दूधको भुक्तानी नपाएको भन्दै दुग्ध किसानहरूले आइतबार डीडीसी को कार्यालय बाहिर धर्ना दिएका हुन् । 

धर्ना दिनका लागि दुग्ध किसान कार्यालय परिसरमा प्रवेश गर्न खोजेका थिए, तर प्रहरीले उनीहरूलाई बाहिर रोकेपछि केरिबेर प्रहरी र दुग्ध किसानहरुबीच घम्साघम्सी समेत भएको थियो । 

दूधको मूल्य भुक्तानीका बारेमा दुग्ध विकास संस्थान लगायत सरोकारवाला निकायलाई पटक पटक ध्यानाकर्षण गराउँदा पनि भुक्तानी नभएकाले डीडीसीको कार्यालयमा धर्ना दिनुपरेको अखिल नेपाल किसान महासंघकी महासचिव सरिता भुसालले जानकारी दिइन् ।

आफूहरूको मागका लागि ध्यानाकर्षण गराउन खोज्दा प्रहरी लगाएर दमन गर्न खोजिएको भन्दै उनले आपत्ति जनाइन् । 

उनले अहिले दुग्ध किसानहरूको तीन अर्ब भन्दा बढी बक्यौता भुक्तानी गर्न बाँकी रहेको बताइन् ।

दूधको बक्यौता रकम भुक्तानी नगरेकाले जीविकोपार्जन गर्न समेत समस्या भएको किसानहरूले गुनासो गरेका छन् ।

प्रकाशित मिति : १५ भदौ २०८२, आइतबार  ३ : ५६ बजे

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६