अवरुद्ध सडक तदारुकताका साथ खोल्न प्रयास गरिने « Khabarhub

अवरुद्ध सडक तदारुकताका साथ खोल्न प्रयास गरिने


१५ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाढीपहिरोका कारण अवरुद्ध  सडक तदारुकताका साथ खोल्न प्रयास गरिने भएको छ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा आइतबार भएको बैठकमा विपद् पूर्व तयारी प्रतिकार्य शाखाले प्रभावित सडकबारे जानकारी दिएपछि गृह मन्त्रालयलगायत सम्बद्ध निकायका अधिकारीहरूले यथाशीघ्र बन्द सडक खोल्न प्रयत्न गर्ने बताएका हुन् । 

बाढीपहिरोले पासाङल्हामु राजमार्गअन्तर्गत रसुवा– गोसाईंकुण्ड, अरनिको राजमार्गअन्तर्गत भोटेकोशी –कोदारी र घट्टेखोला, बेनी–जोमसोम सडक खण्डअन्तर्गत दुईखोलीमा सडक अवरुद्ध छ । 

 घोराही–थवाङ सहिद मार्गअन्तर्गत त्रिवेणीमा, भेरी करिडोरको छलघाट, कर्णाली राजमार्गको शुभकालीन  र भेरी करिडोरअन्तर्गत आठबिसकोटमा बाटो बन्द भएको छ । रासस
 
 

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  ५ : ३४ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र